खेल
काठमाडौं । चीनमा जारी १९औँ एसियाली खेलकुदअन्तर्गत जुडोमा सोमबार तीन खेलाडीले प्रतिस्पर्धा गरेकोमा सबै पराजित भए ।
नेपालका मनीता श्रेष्ठ प्रधान, जंगबहादुर सारु र १३औँ दक्षिण एसियाली खेलकुदकी स्वर्णधारी पुनम श्रेष्ठ इप्पोनका आधारमा पराजित भए ।
महिला ५७ केजीमुनि मनीता तुर्कमेनिस्तानकी मायसा पार्दायेभा तथा ७५ केजीमुनि पुनम मंगोलियाकी इड्रेना नयम बात्सुरीसँग पराजित भए । पुरुष ८१ केजीमुनि फिलिपिन्सका भिरोन जोन फेरेरले जंगबहादुरलाई हराए ।
प्रकाशित मिति: सोमबार, असोज ८, २०८० १७:३४
प्रतिक्रिया दिनुहोस्