site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
कोसी नामकरण विरोधमा केन्द्रले घिउ थप्यो : मुख्यमन्त्री

विराटनगर । कोसी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले केही क्षेत्रमा सुरक्षा ‘थ्रेट’ बढेको बताएका छन् । उनले केही घटनाक्रमले साम्प्रदायिक सद्भाव बिग्रने हो कि भन्ने चिन्ता थपिएको उल्लेख गरे ।

उनले भने, “कतिपय छिमेकी र वैश्विक परिवेशले पनि प्रभाव पारेको हो कि भनेजस्तो देखिन्छ ।”

प्रदेशको नामकरणमा प्रक्रियागत हिसाबले कुनै कमजोरी नभएको उनले जिकिर गरे । नामकरणसम्बन्धी आन्दोलन नेकपा (एमाले)को विरोधमा गरिएको उनको आरोप छ ।

Dabur Nepal
NIC Asia

उनले भने, “केपी ओली आउँदा ढुंगा हानिन्छ, मलाई लक्षित गरिन्छ । अरू आउँदा हुन्न । यो के हो ? आगोमा घिउ थप्ने काम केन्द्रबाट भएको छ ।”

प्रदेशले गरेको काममा केन्द्रले हस्तक्षेप गर्न नमिल्नेमा उनले जोड दिए ।

सोमबार विराटनगरमा संघीय गृह मन्त्रालयले आयोजना गरेको सुरक्षासम्बन्धी अन्तरक्रिया कार्यक्रममा उनले ‘कतै राजनीतिक दल र नेताहरूले नै इनपुट त दिएको छैनौँ ?’ भन्दै प्रश्न गरे ।

विभिन्न चरणमा छलफलपछि मात्र प्रदेशको नाम राखिएको बताउँदै उनले भने, “पहिलो सभाले नाम राख्न सकेन, त्यस बेला सम्भव थिएन । तर, दोस्रो कार्यकालमा ठूलो छलफल गरी नाम सहमतिमा राखिएको हो ।”

उनले प्रस्तावित सबै नाममा केन्द्रीय नेताहरूसँग समेत छलफल गरिएको बताए । “तर, पहिले कोसीको नाममा छलफल गर्ने नेता नै अहिले विरोधमा बोलेको देख्दा अचम्म लाग्यो । प्रधानमन्त्री पुष्पकमल दाहालसँग नै मैले भेटेर छलफल गरेँ । ९३ मध्ये ८२ सांसदले समर्थन गरेको हो । अब पहिले समर्थन गर्नेले विरोध गर्दा सुरक्षा चुनौती थपिएको छ,” उनले भने, “राजनीतिक ठाउँबाट गिजोलियो भने चुनौती झन् बढ्छ ।”

संविधानतः प्राप्त अधिकार प्रयोग गरी नाम राखिएको भन्दै मुख्यमन्त्री कार्कीले सद्भाव बिथोल्ने प्रयास भइरहेको उल्लेख गरे ।

पहिचानवादीको आन्दोलनमा एकजनाको मृत्यु भएको विषयमा संघीय सरकारले नै पहल लिएको र प्रदेशसँग समन्वय नगरिएको उनले गुनासो गरे । “हामीलाई दोष दिइयो, तर प्रहरी हाम्रो मातहत छैन,” उनले भने ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, असोज ८, २०८०  १५:२०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro