site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
साफ यू–१९ च्याम्पियनसिप : जित्नैपर्ने दबाबमा नेपाल

काठमाडौं । साफ यू–१९ च्याम्पियनसिपमा सोमबार माल्दिभ्सविरुद्ध घरेलु टिम नेपाल जित्नैपर्ने दबाबमा उत्रिँदै छ ।

समूह ‘ए’मा रहेको नेपालले पहिलो खेलमा पाकिस्तानसँग १–० को हार व्यहोरेको थियो । यसैकारण सेमिफाइनलमा प्रवेश गर्नका लागि आज नेपाललाई जित्नैपर्ने दबाब छ । हार वा बराबरीको नजिताले दुईपटकको च्याम्पियन नेपालको चुनौती समूह चरणमा नै समाप्त हुनेछ ।

माल्दिभ्स भने नेपालविरुद्ध बराबरी गरे पनि सेमिफाइनलमा प्रवेश गर्नेछ । माल्दिभ्सले समूह चरणको पहिलो खेलमा पाकिस्तानसँग १–१ को बराबरी खेलेको थियो ।

समूहमा दुई खेलबाट चार अंक जोडेको पाकिस्तानले विजेताका रूपमा अन्तिम चारमा स्थान बनाइसकेको छ । दोस्रो स्थानमा रहेको माल्दिभ्सको एक अंक छ । अंकविहीन नेपाल समूहको पुछारमा छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा यी दुई टिमबीचको खेल नेपाली समयानुसार दिउँसो १ः३० बजे सुरु हुनेछ ।

प्रतियोगितामा आज दुई खेल हुँदै छन् । दोस्रो खेलमा समूह ‘बी’का भुटान र भारतबीच प्रतिस्पर्धा हुँदै छ । यो समूहबाट यी दुवै टिमले सेमिफाइनलमा स्थान बनाइसकेका छन् । यो खेलबाट समूह विजेता र उपविजेताको छिनोफानो हुनेछ ।

भारतले प्रतियोगिताको आफ्नो पहिलो खेलमा बंगलादेशलाई ३–० ले हराएको थियो । भुटानले पहिलो खेलमा बंगलादेशविरुद्ध ४–३ को रोमाञ्चक जित निकालेको थियो ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
प्रकाशित मिति: सोमबार, असोज ८, २०८०  ०९:२४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Kitchen Concept AdvertisementKitchen Concept Advertisement
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro