site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
भूगोल साहित्य समाजको साधारणसभा सम्पन्न, पहाडी पुरस्कृत

काठमाडौं । साहित्यिक संस्था भूगोल साहित्य समाजको चौथो वार्षिक उत्सव तथा साधारणसभा सम्पन्न भएको छ ।

काठमाडौंमा आयोजित कार्यक्रममा प्रमुख अतिथि कवि, साहित्यकार वियोगी बुढाथोकीले २०८० सालको ‘झगु–लक्ष्मी आचार्य भूगोल साहित्य पुरस्कार’ गजलकार तथा अनुवादक रामबहादुर पहाडीलाई प्रदान गरे ।

पुरस्कारका साथ नगद राशि २५ हजार २५ रुपैयाँ प्रदान गरिएको थियो । पुरस्कार समाजका आजीवन सदस्य ओम आचार्यले स्थापना गरेका हुन् । साहित्यकार पहाडी बैंकर पनि हुन् । बैंकको जिम्मेवार पदमा उनी लामो समय क्रियाशील रहे ।

२०७९ सालमा स्थापित उक्त पुरस्कार पहिलोपटक इतिहासकार एवं नियात्राकार देवीचन्द्र श्रेष्ठलाई प्रदान गरिएको थियो ।

कार्यक्रममा पुरस्कृत सर्जक पहाडीका साथै वियोगी बुढाथोकी, हिरण्यकुमारी पाठक, सुशील श्रेष्ठ, विनोद नेपाललगायतले बोलेका थिए ।

सोअवसरमा कविहरू एचके धिताल, माधव विडारी, मुकुन्द पौडेल, बद्री उप्रेती, कणाद महर्षि, कात्यायन, बुद्धिराज पाण्डे, प्रकाश घायल, शुभाष चन्द्र पौडेल, मित्रलाल पंगेनी, भाग्यशाली अधिकारी, शैलेन्द्र शाह, त्रिलोचन आचार्य, गायत्री कुमार चापागाईँ र महेश रिजालले रचना वाचन गरेका थिए ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, असोज ७, २०८०  २१:२६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro