site stats
बाह्रखरी :: Baahrakhari
Baahrakhari KathaBaahrakhari Katha
राजनीति
Global Ime bankGlobal Ime bank
जातको आधारमा भोट हाल्ने दिन गए, अब जनताले व्यक्ति हेर्छन् : देउवा
SkywellSkywell

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले समावेशिताको सवालमा नेपाल निकै अगाडि रहेको बताएका छन् । आइतबार काठमाडौंमा नेपाल मुस्लिम संघको तेस्रो केन्द्रीय महाधिवेशन उद्घाटन गर्दै देउवाले भारतमा भर्खरै मात्र महिला सहभागिता सुनिश्चित गरेको अवस्थामा नेपालले यसअघि नै समावेशीसहितको संविधान जारी गरिसकेको बताए ।

उनले राष्ट्रिय सहमति कायम गर्न सके सबै जातजातिका लागि समावेशी सहभागिता बढाउन सकिने जिकिर गरे । देउवाले नेपालमा जात भन्दा पनि व्यक्तिलाई हेरेर भोट दिने गरेको भन्दै निर्वाचनमा योग्य भएर राज्यको विभिन्न निकायमा सहभागिता जनाउन सकिने बताए । 

Dabur Nepal
NIC Asia

त्यस्तै, उनले नेपालमा मुस्लिम समुदायले सदियौँदेखि राष्ट्रहितमा काम गरेकाले मुस्लिम संघले पनि मुलुकको हितमा काम गर्ने विश्वास व्यक्त गरे ।

"कति साथीहरू चुनावमा मज्जाले जितेका छन् । धेरै साथीहरू चुनाव जितेका छन् । भोलि पनि जित्न सक्छन् । अहिले राम्रो कुरा के छ भने जातको आधारमा भोट हाल्ने भन्दा पनि व्यक्तिको आधारमा भोट हाल्ने चलन छ । अहिले मान्छेले बुझेका छन् । हिजो अस्ति जातको कुरा भए पनि अब सबै हटिसकेको छ । जो विज्ञ छ, सेवा गर्छ, सहयोग, काम गर्छ, डेडिकेटेड छ, त्यसलाई भोट हाल्ने पद्धति बढेको छ । यो राम्रो कुरा हो," उनले भने ।

कार्यक्रममा नेपाल मुस्लिम संघले सभापति देउवालाई अभिनन्दन गरेको थियो ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, असोज ७, २०८०  १८:३८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro