site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
वाग्मती एमालेमा सर्वसम्मतिका लागि दबाब
SkywellSkywell

काठमाडौं । एमालेमा वाग्मती प्रदेश अध्यक्ष निम्ति आकांक्षी संख्या धेरै देखिएपछि  सहमतिको सम्भावना कम हुँदै गएको छ ।  यद्यपी सहमतीय नेतृत्त्व खोेज्न घनिभूत छलफल जारी छ । लुम्बिनीमा प्रदेशमा नेताहरु विभाजित बने । 

वाग्मतीमा भने नेताहरुलाई विभाजन गर्न नहुनेमा दबाब बढेको छ । अध्यक्ष निम्ति केन्द्रीय सदस्यहरु कैलाश ढुंगेल, कृष्ण दाहाल र रचना खड्का दौडमा छन् ।  त्यसरी नै वाग्मती प्रदेश अध्यक्ष केशवराज पाण्डे, सचिव विजय सुवेदी, वाग्मती प्रदेशसभाका पूर्वसभामुख सानुकुमार श्रेष्ठ पनि अध्यक्षकै दाबेदार छन् । 

संघीय संरचनामा गएपछि पहिलो चोटी एमालेमा वाग्मती प्रदेश अधिवेशन हुँदैछ । भोलिबाट काठमाडौंको भृकुटीमण्डपमा सुरु हुने अधिवेशनको माहोल एमालेमा बढेको छ ।  आकांक्षीहरुको संख्या ज्यादा भएकाले नेतृत्वारे विकल्पमा छलफल भइरहेको छ । 

Dabur Nepal
NIC Asia

सहमतिका लागि दबाब 

त्यस्तै, गएको मंसिर ४ को निर्वाचनमा पार्टी कमजोर भएकाले सहमतिमा नै नेतृत्व चयन गर्नुपर्ने पक्षमा नेताहरु देखिएका छन् । 

वाग्मतीमा कमजोर देखिएको एमालेलाई बलियो बनाउन सक्षम व्यक्ति नेतृत्वमा आउनुपर्ने बताउँछिन्, उपाध्यक्ष अष्टलक्ष्मी शाक्य । सर्वसहमतिका लागि छलफल जारी रहेको उनले बताइन् । 

“वाग्मतीमा पार्टी अलिक कमजोर भएको छ । प्रदेशको नेतृत्व गर्ने व्यक्ति सक्षम, कुशल, प्रदेश बुझेको चाहिन्छ । हामी त्यही ढंगले छलफल गर्दैछौं,” शाक्यले बाह्रखरीसँग भनिन्, “योग्यतममध्येको व्यक्ति छान्ने हो । सर्वसम्मत् भए कुरै सक्कियो ।”

तर उनले चुनाव हुनै नहुने भन्ने पक्षमा भने नरहेको बताइन् । 

“चुनाव भनेको लोकतन्त्रको एउटा विधि हो । चुनाव हुनै नहुने भन्ने छैन्,” उनी भन्छिन्, “सर्वसम्मत् भनेर जो टिपेर मात्रै ल्याउनु हुँदैन । हामी छलफलमै छौं ।”

पोलिट्ब्यूरो सदस्य अरुण नेपाल सर्वसहमति नभए चुनावमा जानुपर्ने बताउँछन् ।

“सहमतिका प्रयत्न पनि भइरहेको जस्तो लाग्छ । हामी राष्ट्रिय राजनीतिमा प्रतिष्पर्धा गर्ने पार्टी हो । हामी जनताको बहुदलीय जनबादलाई सिद्धान्तको रुपमा मान्छौं,” नेपालले बाह्रखरीसँग भने, “जबजले आन्तरिक प्रतिष्पर्धालाई पनि स्थान दिएको छ ।”

उनले चुनावमा जाँदैमा पार्टी कमजोर नहुने बताए । 

“सहमति नभए निर्वाचनमा जानुपर्छ । नत्र प्रतिनिधिहरुले फैसला गर्न पाउनुपर्छ,” उनी भन्छन्, “आन्तरिक प्रतिस्पर्धाले पार्टीलाई बलियो नै बनाउँछ ।”

वाग्मतीमा एमालेको नेतृत्वका लागि पोलिट्ब्यूरो सदस्यहरुको चर्चा पनि थियो ।  तर, उनीहरु प्रतिनिधि नै बनेनन् । एमालेले प्रदेश अध्यक्षलाई पोलिट्ब्यूरो सदस्य बराबरको मान्यता पनि दिएको छ । 

एक नेता तलका व्यक्तिलाई ‘चान्स’ दिन नेताहरु नझरेको दाबी गर्छन् ।  “माथि गइसकेपछि तल नआउनु नै सबैभन्दा राम्रो हो । तलका लागि चान्स दिनुसबैभन्दा राम्रो,” उनी भन्छन् । 

लचक भए दाबेदार : सहमतिका लागि प्रस्ताव !

नेतृत्वले सहमतिका लागि दबाब दिएपछि चर्चामा रहेका नेताहरु केही लचक देखिएका छन् । विशेषगरी नेतृत्वको दाबी गरेका ढुंगेल र दाहाल लचक देखिएका हुन् ।  पार्टी नेतृत्वले वाग्मतीमा पूर्व मन्त्रीसमेत रहेका ढुंगेलको नाम अघि सारेको चर्चा छ । जसमा पूर्वसांसद् तथा प्रतिनिधिसभाको अर्थ समितिको सभापति समेत रहेका दाहालले आपत्ति जनाएका छन् ।

स्रोतका अनुसार, उनले सहमतिका लागि आफू बाधक नभएको भन्दै केन्द्रीय सदस्य बाहेकका प्रतिनिधिलाई अध्यक्ष बनाउँदा स्वीकार गर्ने सन्देश पार्टी नेतृत्वलाई दिएका छन् ।

“म मात्रै सहमतिको विरोधी होइन । सर्वसम्मत् नै गर्नेभए केन्द्रीय सदस्य बाहेकका सबैलाई मान्य हुने प्रतिनिधिलाई अध्यक्ष बनाऔं,” उनले नेतृत्वसामु प्रस्ताव राखेका छन् ।

दाहालले आफू नेताहरु विभाजित नभइ चुनाव होस् भन्ने पक्षमा रहेको बताए । “सहमतिको प्रयास हुनु राम्रै हो । लोकतान्त्रिक विधि र पद्धतिअनुसार चुनाव होस् । नेताहरु विभाजित प्रतिपस्र्धा होस् भन्ने चाहेको हो । त्यही हुन्छ पनि होला,” उनी भन्छन् । 

तर, आफूले सहमतिका लागि उपयुक्त वातावरण बनाए सहमतिका लागि तयार रहेको जानकारी नेतृत्वलाई गराएको स्वीकार गरे । 

“म सहमतिको बाधक होइन । उपयुक्त परिस्थिति बन्छ र विश्वासको वातावरण बन्छ भने सहमतिका लागि तयार छु भन्ने कुरा नेतृत्वलाई भनिसकेको छु,” उनले बाह्रखरीसँग भने ।  नेताहरुका अनुसार, पार्टीमा विकल्पमा पनि छलफल भइरहेको छ । 

“केन्द्रीय कमिटीका सदस्य प्रतिनिधिहरु आउनु भनेको प्रदेशको नेतृत्व दाबी हो,” एक नेता भन्छन्, “प्रदेश कमिटीमा रहेका पनि इच्छुक हुनुहुन्छ । उहाँहरुबाहेक चर्चामा नै नरहेका व्यक्तिका नाममा सहमति हुने सम्भावना पनि छ । त्यसमा छलफल पनि भइरहेको छ ।”

तर, नेताहरु ती पात्रको नाम भनिहाल्न तयार छैनन् । “विकल्पमा छलफल भइरहेको छ । अधिवेशनको बेला व्यक्तिको नाम हामीले भन्न मिल्दैन । हेर्दै जाऔं न समय छँदैछ,” ती नेताले भने । 

केन्द्रीय सदस्य ढुंगेल पनि पदाधिकारीमा सर्वसम्मतिको सम्भावना देख्छन् । “सबै पदमा सहमति त नहोला तर, मुख्य पदहरुमा सहमतिको प्रयास नेतृत्वले गरिरहेको होला भन्ने लाग्छ,” उनी भन्छन्, “सहमति नै होला भन्नेमा पूर्ण विस्वस्थ छु ।”

उनले पार्टी नेतृत्वले केन्द्रीय सदस्यबाहेकको कोही व्यक्तिलाई अघि सारे आफू तयार रहने संकेत पनि गरे ।  “जे हुन्छ पार्टीले गर्ने फैसला स्वीकार गर्नुपर्छ । पार्टीले भनेको स्वीकार्दै आएको छु नि,” उनले भने । 

उता, वाग्मती अध्यक्ष पाण्डे पनि सर्वसहमति हुनुपर्ने पक्षमा देखिन्छन् ।  उनी पनि आफूमै सहमति हुनुपर्ने अडानमा नरहेको नेताहरु बताउँछन् । वाग्मती सचिव रहेका सुवेदीले आफ्नो जिम्मेवारीबारे मनन गर्न नेतृत्वलाई आग्रह गरिरहेका छन् । 

उनी नेतृत्वका लागि मरिहत्ते गर्ने प्रवृत्ति बढिरहेको भन्दै चिन्तित पनि देखिन्छन् । “आजभोलि कुनै पद भनेपछि हिरिक्क हुने, हारालुस गर्ने प्रवृत्ति छ । पैसा भनेपछि पनि आफ्नो मेहनत र परिश्रम नभएको पैसा लिने प्रवृत्ति बढेको छ,” उनले भने, “वास्तवमा कुन व्यक्ति कुन कामका लागि उपर्युक्त छ भन्ने माथिका नेतृत्वले सुझबुझपूर्ण तरिकाले आधार बनाउनुपर्छ । मैले कुन जिम्मेवारी रहँदा काम गर्नु उचित हुन्छ भनेर नेतृत्वसँग कुरा राखेको छु ।”

उनले आफ्नो जिम्मेवारीका विषयमा अधिवेशन प्रतिनिधि र कार्यकर्तासँग छलफल गरिरहेका पनि छन् ।  सहमतिमा नै नेतृत्व छान्दा उचित हुने पक्षमा उनी देखिन्छन् ।  एमालेको वाग्मती अधिवेशन सोमबार बिहान ११ बजे अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गर्नेछन् । ९ गते बन्दसत्र चल्नेछ र नेतृत्वको प्रक्रिया अघि बढ्नेछ । 

सहमति नभए विद्युतीय मेशिनबाट मतदान गर्ने एमालेको तयारी छ ।  अधिवेशनका लागि एक हजार ३८ जना छानिएका छन् ।  अधिवेशनले एक अध्यक्ष, एक उपाध्यक्ष, एक सचिव र दुई उपसचिवसहित कूल २४० सदस्यीय कमिटी चयन हुनेछ ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, असोज ७, २०८०  १८:०२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu