site stats
बाह्रखरी :: Baahrakhari
देश
धरानमा एयर गनसहित एकजना समातिए
प्रतीकात्मक तस्बिर ।
Argakhachi Cement Island Ad

काठमाडौं । सुनसरीको धरानमा एयर गनसहित एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा धरान उपमहानगरपालिका–१४, विजयपुरका ३९ वर्षीय अमनध्वज कार्की छन् ।

एकथान एयर गनसहित शनिबार दिउँसो उनलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

उनको घर तलासी गर्ने क्रममा उक्त गन फेला परेको थियो । घटनाबारे थप अनुसन्धान गरिरहेको प्रहरी प्रधान कार्यालयले जानकारी गराएको छ ।

प्रकाशित मिति: आइतबार, असोज ७, २०८०  १६:५१
प्रतिक्रिया दिनुहोस्