site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
छोरीको खुसीको लागि ‘स्क्वायर होटेल’को स्वीमिङ पूल पुगेका सजीलमान कसरी पुगे कोमामा ?

काठमाडौं । ललितपुर जावलाखेलका सजीलमान शाक्य अस्पतालमा बाँच्चका लागि संघर्षरत छन् ।  विभिन्न व्यवसायमा लागेका ४० वर्षीय सजीलमान कुनै रोगका कारण त्यसरी अस्पताल पुग्नुपरेको भने होइन ।

आफू त्यसरी अस्पताल पुग्नु पर्ला भनेर कल्पनासमेत गरेका थिएनन् । न त उनका परिवारले नै । तर उनी अहिले ललितपुरको मेडिसेटी अस्पतालमा अर्धचेतको अवस्थामा छन् ।  उनका परिवार सजीलमानको जीवन रक्षाको लागि प्रार्थना गरिरहेका छन् ।

कुनै रोग नै नभएका सजीलमानको स्वास्थ्य अवस्था कसरी त्यस्तो हुन पुग्यो ? उक्त घटना जान्न भने २३ दिनअघि फर्किनु पर्छ । ४० वर्षीय सजिलमान १५ भदौमा घरमै थिए । शुक्रबार भएकाले एनएमबी बैंकमा कार्यरत उनकी श्रीमती अफिसबाट चाँडै घर फर्किएकी थिइन् । उनी श्रीमतीकै पर्खाइमा थिए ।

श्रीमती घर पुगेपछि भने सजीलमानले श्रीमतीसहित एकमात्रै साढे दुई वर्षकी छोरीलाई स्वीमिङको लागि ललितपुर–३, पुल्चोकस्थित होटल स्क्वायरमा लगे । 

सजीलमानको घरभन्दा होटल स्क्वायर केही दुरीमै छ । उनी होटलको स्वीमिङ पुलमा पुग्दा दिउसोको साढे तीन बजेको थियो ।  होटलको छतमा भएको स्वीमिङ पुलमा सजीलमान र छोरी स्वीमिङ खेल्न तयार भए । सजीलमान आफू भन्दा पनि छोरीकै खुसीको लागि होटलको स्वीमिङ पूल पुगेका थिए ।

उनकी श्रीमती भने छोरी र श्रीमान् स्वीमिङ पूलमा रमाइलो गरेको हेर्दै र फोटो क्याप्चर गर्दै थिइन् । सजीलमान र छोरी स्वीमिङ पूलभित्र पसेको १५–२० मिनेटमात्रै भएको थियो । छोरी एक छिन बाहिर के निस्केकीमात्रै थिइन् सजीलमान अचानक बेहोस् भए, स्वीमिङ पूलभित्रै ढले । 

स्वीमिङ पूलभित्र ढलेका सजीलमानलाई उनकी श्रीमतीसहित होटलका कर्मचारीले तत्काल उपचारको लागि मेडिसिटी अस्पताल पुर्‍याए । तर, त्यो दिनदेखि सजीलमान उठ्न सकेका छैनन् ।  सजीलमानका भाइ विवेक शाक्यले स्वीमिङ पूलभित्र करेन्ट लाग्दा उनी ढलेको बताए ।

“श्रीमतीसहित रमाउन गएको दाइ अहिले कोमामा पुगेको छ । मेडिसिटी अस्पतालमा अर्धचेत अवस्थामा राखिएको छ । तर, प्रहरीको तर्फबाट जसरी घटनाको छानबिन हुनुपर्थ्यो त्यो भएको छैन,” विवेक भन्छन् ।

सजीलमानको उपचारसमेत अहिलेसम्म परिवारले नै बेहोर्दै आएको उनले बताए । चिकित्सकले ‘इलेक्ट्रिक सक’ कै कारण ढलेको बताएको विवेक शाक्यको भनाइ छ । छोरीसमेत भाग्यले बाँचेको विवेक बताउँछन् ।

“स्वीमिङ पूलमा दाइ र छोरी स्वीमिङ गर्दै थिए । १५–२० मिनेट भएको थियो । छोरी चस्मामा बाफ जम्यो भनेर बाहिर निस्किइन् । चस्मा मिलाएर छोरी फेरि स्वीमिङ पूलभित्र जान खोज्दा दाइलाई करेन्ट लाग्यो,” विवेकले भने ।

ललितपुर प्रहरी प्रमुख एसएसपी सिद्धिविक्रम शाहले स्वीमिङ पूल भित्र करेन्ट लाग्यो कि अन्य कारण त्यस्तो हुन पुग्यो भन्नेबारे भोलिमात्रै थाहा हुने बताए ।

“घटनाको छानबिन गर्न पाटन अस्पतालको फरेन्सिक विज्ञको टोली गठन भएको छ । त्यसको रिपोर्ट भोलि सोमबार आउँछ । त्यही आधारमा घटनाको यथार्थ बारे थाहा हुन्छ,” एसएसपी शाहले भने ।

समितिमा तीनजना फेरिन्सिक विज्ञ रहेको उनको भनाइ छ । 
 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, असोज ७, २०८०  १६:४९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro