site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
नेप्सेसँग घट्यो कारोबार रकम, लघुवित्तबाहेक सबै समूह राताम्य
Sarbottam CementSarbottam Cement

काठमाडौं । धितोपत्र दोस्रो बजार मापक नेप्से परिसूचक साताको पहिलो दिन आइतबार १९.४३ अंकले घटेको छ । नेप्से परिसूचक घटेसँगै कारोबार रकममा पनि कमी आएको छ ।

गएको बिहीबारको तुलनामा कारोबार रकम एक अर्बभन्दा बढीले घटेको छ । यस दिन दुई अर्ब ३२ करोड रुपैयाँको सेयर कारोबार भएको छ । बिहीबार तीन अर्ब २९ करोड रुपैयाँको सेयर कारोबार भएको नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले जानकारी दिएको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

आज नेप्से परिसूचक ०.९५ प्रतिशत घटेर २०१०.३५ विन्दुमा बन्द भएको छ । घटेको बजारमा चार कम्पनीको सेयर मूल्य सर्वाधिक वृद्धि भएको छ ।

स्वरोजगार लघुवित्त वित्तीय संस्था, हिमालयन लघुवित्त वित्तीय संस्था र एसियन हाइड्रोपावर लिमिटेडको सेयर मूल्य १० प्रतिशतले बढेको छ । थ्री स्टार हाइड्रोपावर लिमिटेडको सेयर मूल्य ९.७९ प्रतिशतले वृद्धि भएको छ ।

Global Ime bank

शुभम पावर लिमिटेडको सेयर मूल्य १० प्रतिशतले घटेको छ ।

माछापुच्छ्रे बैंकको सेयर कारोबारले सर्वाधिक हिस्सा ओगटेको छ । यो कम्पनीको १३ करोड २४ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।

कारोबारमा आएका १३ समूहगत परिसूचकमध्ये लघुवित्त समूहको परिसूचक बढेको छ । लघुवित्त समूहको परिसूचक ०.९९ पतिशतले बढेको छ ।

सर्वाधिक परिसूचक घट्नेमा फाइनान्स समूह छ । यो समूहको परिसूचक १.९८ प्रतिशतले घटेको छ ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, असोज ७, २०८०  १५:३०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC