site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
पाकिस्तान सेमिफाइनलमा, भुटानसँग हार्दै बाहिरियो बंगलादेश

काठमाडौं । पाकिस्तान काठमाडौंमा जारी साफ यू–१९ च्याम्पियनसिपको सेमिफाइनलमा प्रवेश गरेको छ । पाकिस्तानले शनिबार समूह ‘ए’मा माल्दिभ्सविरुद्ध १–१ को बराबरी खेल्दै सेमिफाइनलमा स्थान पक्का गरेको हो ।

यो बराबरीसँगै चार अंकसहित पाकिस्तान प्रतियोगिताको अन्तिम चारमा प्रवेश गरेको हो । पाकिस्तानले यसअघि समूहको पहिलो खेलमा नेपाललाई १–० ले हराएको थियो ।

शनिबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सम्पन्न खेलमा कप्तान सनान राशिदले ३९औँ मिनेटमा गरेको गोलबाट माल्दिभ्सले अग्रता बनाएको थियो । तर, माल्दिभ्स खेलको अन्तिम ६ मिनेट सम्हालिन नसक्दा अंक बाढ्न बाध्य बन्यो । ८४औँ मिनेटमा साह जहानले गोल गर्दै पाकिस्तानलाई खेलमा फर्काएका थिए ।

आजै भएको समूह ‘बी’को खेलमा भुटानसँग हार बेहोरेपछि बंगलादेश भने समूह चरणबाटै बाहिरिएको छ । दशरथ रंगशालामा भएको रोमाञ्चक खेलमा भुटानले बंगलादेशलाई ४–३ ले हराएको थियो । भुटानको जितमा जिग्मे नाम्गेलले दुई गोल गरे । यस्तै, किङ्जाङ तेन्जिन र रिन्जान दोर्जीले समान एक गोल गरे । बंगलादेशका रुबेन सेख, असादुल मोला र राजु अहमेदले गोल गरे पनि हार भने टार्न सकेनन् ।

बंगलादेश यसअघि पहिलो खेलमा भारतसँग ३–० ले पराजित भएको थियो । भुटानको भने यो प्रतियोगिताको पहिलो खेल हो ।

प्रकाशित मिति: शनिबार, असोज ६, २०८०  २०:२७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro