site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
धराप
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad

हातमा लट्ठी, सिन्का, फूलका जे पायो त्यही बोकेर केटाकेटीहरू धरापको वरिपरि घुम्दै हल्ला गरिरहेका थिए । कोही भाग्यो–भाग्यो भन्थे, कोही हातको लट्ठीले धरापभित्रको मुसोलाई घोचिदिन्थे ।

त्यहाँ बडेमाको मुसो “चीँ चीँ” गर्दै धरापको कुना–कुना चहार्दै लुक्ने ठाउँ खोज्थ्यो, केटाकेटीहरू त्यसलाई घोच्दै थप्पड़ी बजाएर गल्ल हाँस्थे, रमाइलो मान्थे ।

मुसा चाहिँ बरा ज्यान बचाउन घेराभित्र दगुरी रहेथ्यो अन्नधुन्न । त्यसलाई घेरामा छु भन्ने थाहा नभएपनि आपदमा छु भन्ने चाहिँ उसका चेतनाले अनुभव गरेथ्यो क्यार ज्यानकै बाजी लगाएर ज्यान बचाउने धुनमा थियो ।

KFC Island Ad
Dabur Nepal
NIC Asia

आदिम मान्छे र पशुको प्रवृत्ति मिसिएर एउटै भएको थियो त्यहाँ, भाग्ने–बाँच्ने । केटाकेटीहरूको कल्याङ–मल्याङ सुनेर घरका बाबु बाहिर निस्के । मुसाको बिजोग देखेर भने, “बल्ल परेछ धरापमा । लुगा काटेर भुसुक्क पार्ने मरोस् अब । लगेर पानीमा डुबाउ, मर्छ आफै ।”

परिपक्व मानिसको निर्णय, नसताई मारी दिने एकैचोटि । केटाकेटीहरूले घरभित्रबाट बाल्टी निकाले । त्यसमा पानी भरे र मुसोसँगै धरापलाई पानीमा चोबले ।

Royal Enfield Island Ad

मुसो आत्तिएर यताउति दगुर्यो, घरापको फलाम दाँतले टोकेर तुर्लङ झुण्डियो तर उसको केही चलेन । धराप पानीले चुर्लुम्म भए पछि त्यो बाल्टीको पीँघमा भासियो, मुसो डुबेर मर्यो ।

०००

विमान चालक बान्काको आँखामा घरिघरि बाल्यकालको त्यो दृश्य नाचिरहेको थियो । मुसोको बिजोगमा थप्पड़ी मारेर हाँस्नेहरूमा उ पनि थियो । उसको सानो गाउँ, खेत–बारी गाई–गोरू, भाइ–बैनी, आमा–बाबु, सबै आँखाको अघि झल्झली आउन थाले ।

कति शान्त सुखी जीवन थियो त्यो । ठूलो हुँदै बान्काको किशोर हृदयले एउटा सपना सजायो–आफु पनि चराजस्तै आकाश–आकाश उडि़हिड्ने । सारा आकाश चहार्ने तिर्खाले गर्दा ऊ विमान चालक भयो ।

प्रखर बुद्धि र कर्तव्यनिष्ठाले गर्दा उसको चाँडै पदोन्नति भयो । सबभन्दा जोखिमको काम, अणुबम बोक्ने काम उस्को जिम्मामा पर्यो । आफ्नो बुद्धिले गर्दा उ फस्यो ।

कहिलेकाहीँ मानिसलाई आफ्नै गुणले पनि अप्ठ्यारोमा पार्दो रहेछ । बान्कालाई पनि त्यस्तै पर्यो । आकाश पूरा उडिसकेको थिएन तेस्रो विश्व युद्धले च्यापिहाल्यो । अणुबम बोक्ने विमान चालकहरूमा ख्यातिप्राप्त बान्काको दायित्व थपिएर डरलाग्दो हुनथाल्यो ।

मान, पदवी र अधिकारले थिचिएको बान्काको युवक मन हवाइजहाजको कल–पूर्जाजस्तै स्वचालित हुन लागे पनि आज उसको मन सम्झनाको पोखरीमा पौडी खेलिरहेको थियो ।

आज उ सबभन्दा खतरनाक ठाउँ ‘मान्छेहरूको टापुमा’ बम खसालेर फर्किरहेको थियो । त्यो ठाउँ चारैतिर उपग्रहले संचालित थियो र त्यहाँ भयंकर खालका युद्धका हातहतियार बनिदै थिए ।

तर त्यहाँका निवासीहरूलाई त्यस्ता कुरासँग वास्ता थिएन । उनीहरू आफ्नो जीवनमा नै मस्त थिए । त्यहाँ कसैले त्यस्तो भयंकर अनुसन्धान गरिरहेको थाहा पाए पनि उनीहरू बरा के गर्न सक्थे होलान् ?

बान्काले सम्झ्यो र उसले फेरि धरापमा परेको मुसालाई सम्झ्यो । महासागर माझको त्यो हरियो टापुमा उ बड़ो वेगले अणु खसाएर भागिरहेको थियो । त्यहाँको आकाशको उपग्रहले उसको आक्रमणको सूचना टापूको अनुसन्धान केन्द्रमा पठाउँदै थियो— उसले अणु बमको कल थिचिहाल्यो–अब उसलाई मरेपनि वास्ता थिएन ।

भयंकर अनुसन्धान केन्द्र नष्ट भइसकेको थियो । फेरि उसले त्यहाँका मान्छेहरूलाई सम्झ्यो । सीधा, सरल, होचा, मान्छेहरू । गाउन, नाच्न, बाजा बजाउन, मन पराउने रौसे मान्छे अब ता खतम भइसके होलान् ।

त्यो टापु अब भत्भती उम्लिरहेको होला । मृत्यु नजिकै देखेर पनि जीवनको मोहले उनीहरू भाग्दै समुद्रमा हाम्फाल्न पुगे होलान्, त्यहाँ डुबेर बिल्लीबाट भए होलान् । धरापको मुसोले लोहा टोकेर तुर्लुङ्ग झुण्डिएजस्तो उनीहरूले पनि समाउन सहारा खोजे होलान् ।

बान्काको आङ जिरिङ्ग भयो र उसले कुम झट्कार्यो, त्यसो गर्दा विमानको स्वीचमा दवाव पर्यो–उसले त्यो थाहा नै पाएन । एकैचोटि विमान पड्किँदा पो उ बिउँझियो तर उत्रिने छाताको बटन थिच्ने समयसम्म पाएन बान्काले, विमानका टुक्राहरूसँगै उसका शरीरका चोक्टा लाम्टा उछिट्टिएर छरपष्ट भए ।

“मान्छेहरूको टापु” उम्लिरहेकै थियो–भक्भक । सागरमा सिँगा, आधा डढेका अनेक लाशहरू बगिरहेका थिए । मान्छेका लाशहरूसँगै सिनु खाने गिद्धका, सियालका लाशहरू बगिरहेका थिए ।

बमको तातोले सागरको पानीको छालमा पनि अझ गति आएको थियो र त्यहाँ तर लागेका लाशहरू पीङ खेलिरहेका थिए पानीको छालमा ।

०००

अर्को दिन रेडियोले प्रसारण गर्यो– प्रसिद्ध बान्काले हिजो वीरगति प्राप्त गरे । मर्न अघि उनले दुश्मनहरूको अणु अनुसन्धान केन्द्र पुरै नष्ट गरिदिए । मान्छेहरूको टापु अब पुरै सकियो ।

यस्तो अपूर्व वीरताको निम्ति बान्कालाई सर्वश्रेष्ठ उपाधि मरणोपरान्त प्रदान गरिन्छ ।

(कथाकार देवकुमारी थापाको कथाकृति ‘प्रलय प्रतीक्षा’बाट ।)
 

NIBLNIBL
प्रकाशित मिति: शनिबार, असोज ६, २०८०  १२:१९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro