खेल

काठमाडौं । साफ यू–१९ च्याम्पियनसिपको खेलमा नेपाल र पाकिस्तानबीचको पहिलो हाफ गोलरहित बराबरी सकिएको छ ।
त्रिपुरेश्वरस्थिन दशरथ रंगशालामा जारी खेलको पहिलो हाफमा पाकिस्तानले घरेलु टिमविरुद्ध निरन्तर दबाब बनाए पनि अग्रता बनाउन भने सकेन ।
३४औँ मिनेटमा पाकिस्तानका मुहम्मद अदिल युनसले 'वान भर्सेस वान' अवसर गुमाएपछि पाकिस्तानले अग्रताको सुनौलो अवसर गुमाएको थियो ।
पहिलो हाफभर पाकिस्तानको आक्रमण रोक्न मै व्यस्त देखिएको नेपालले भने गोलको गतिलो 'मुभ' बनाउन सकेन ।
प्रकाशित मिति: बिहीबार, असोज ४, २०८० १८:२७
प्रतिक्रिया दिनुहोस्