site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
डीसीएद्वारा तीन राष्ट्रिय क्रिकेटर गृहनगरमा सम्मानित

काठमाडौं । गृहनगर धनगढी क्रिकेट एकेडेमी (डीसीए)ले नेपाली राष्ट्रिय महिला क्रिकेट टिमका तीन क्रिकेटरलाई सम्मान गरेको छ । 

नेपाली टोलीमा रहेका धनगढीका कविता कुँवर, इश्वरी विष्ट र रुवि पौदारलाई डीसीएले बिहीबार सम्मान गरेको हो ।

सम्मान कार्यक्रमका प्रमुख अतिथि तथा ग्रेस इन्टरनेसनलका निर्देशक अन्ड्रु पौडेलले तीनैजनालाईं सम्मानपत्र र मायाको चिनोसहित सम्मान गरे । 

सम्मान ग्रहण गरेपछि कविताले ग्रासरुट क्रिकेटको विकासमा डीसीएको महत्वपूर्ण योगदान रहेको र लामो समयदेखि यहाँको क्रिकेट विकासमा भूमिका खेलेको संस्थाबाट सम्मानित हुन पाउँदा खुसी लागेको बताइन् । 

गत हप्ता भएको महिला ट्वान्टी–२० विश्वकप छनोटमा थाइल्यान्डसँग सेमिफाइनलमा पराजित हुँदै नेपाल प्रतियोगिताबाट बाहिरिएको थियो । उक्त प्रतियोगितामा कविता, रुबी र इश्वरी नेपाली टिमका महत्वपूर्ण सदस्य थिए । 

डीसीएले अन्तर्राष्ट्रिय खेलाडीहरूलाई सतप्रतिशत निःशुल्क प्रशिक्षणको व्यवस्था मिलाउँदै आएको छ  । साथै सबै महिला खेलाडीहरूलाई निःशुल्क प्रशिक्षणको व्यवस्था छ । यस्तै, डीसीएले महिला खेलाडीको विकासका लागि प्रिसेस कप क्रिकेटको पनि आयोजना गर्दछ । 

डीसीएमा आधा दर्जन बढी अन्तर्राष्ट्रिय खेलाडीहरू प्रशिक्षणरत छन् । सम्मान कार्यक्रममा डीसीएका प्रशिक्षक राजु रिजाल, प्रबन्धक समुयल न्यौपाने लगायतको उपस्थिति थियो ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, असोज ४, २०८०  १७:०३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro