site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
फिफा वरीयतामा नेपाल यथावत्, शीर्ष स्थानमा अर्जेन्टिना कायमै 
फाइल तस्बिर ।

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिम फिफा वरीयतामा यथावत् छ । विश्व फुटबलको सर्वोच्च निकाय फिफाले बिहीबार अद्यावधिक गरेको नयाँ वरीयताअनुसार नेपाल १७५औँ स्थानमा यथावत् रहेको हो ।

नेपालले फिफाको ‘सेप्टेम्बर विन्डो’मा म्यानमारसँग दुई अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेलेको थियो । पहिलो खेलमा नेपालले घरेलु टिमलाई गोलरहित बराबरीमा रोकेको थियो । नेपालले दोस्रो खेलमा भने १–० को हार व्यहोरेको थियो ।

वरीयताको शीर्ष स्थानमा विश्वकप विजेता अर्जेन्टिना यथावत् छ । दोस्रोमा फ्रान्स, तेस्रोमा ब्राजिल, चौथोमा इंग्ल्यान्ड र पाँचौँ स्थानमा बेल्जियम छ ।

वरीयताको दक्षिण एसियामा भारत शीर्ष स्थानमा छ । भारत वरीयताको १०२औँ स्थानमा छ । दक्षिण एसियाली वरीयताको दोस्रोमा रहेको माल्दिभ्स १५५औँ, चौथोमा रहेको भुटान १८४औँ, पाँचौँमा रहेको बंगलादेश १८९औँ, छैटौँमा रहेको पाकिस्तान १९७औँ र सातौँमा रहेको श्रीलंका २०२औँ स्थानमा छ ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
प्रकाशित मिति: बिहीबार, असोज ४, २०८०  १५:००
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Kitchen Concept AdvertisementKitchen Concept Advertisement
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro