site stats
बाह्रखरी :: Baahrakhari
देश
बानेश्वरमा तनाव, शिक्षक र प्रहरीबीच धकेलाधकेल (भिडियो)

काठमाडौं । देशभरका शिक्षक बुधबारदेखि काठमाडौंकेन्द्रित सडक आन्दोलनमा छन् । आफ्ना विभिन्न माग पूरा गराउन उनीहरूले सरकारलाई दबाब दिएका हुन् ।

नेपाल शिक्षक संघको अगुवाइमा विद्यालय नै बन्द गरेर शिक्षकहरू सडकमा उत्रिएका छन् । बिहीबार उनीहरूले नयाँ बानेश्वरस्थित निषेधित क्षेत्रमा प्रवेश गर्ने प्रयास गरे । त्यसक्रममा शिक्षक र प्रहरीबीच धकेलाधकेल भएको छ । सो क्षेत्रमा तनावको स्थिति देखिएको छ ।

भिडियो हेर्नोस्–

प्रकाशित मिति: बिहीबार, असोज ४, २०८०  १२:५८
प्रतिक्रिया दिनुहोस्