site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
गण्डकीका सांसदलाई सुन जडित नयाँ लोगो, चौघेरा चाँदीको
Sarbottam CementSarbottam Cement

पोखरा । गण्डकीका सांसदहरूका लागि सुन जडित नयाँ लोगो बनाइने भएको छ । जसको बेसमेन्टमा चाँदी प्रयोग गरेर सुनको जलप लगाइने छ ।

प्रदेश सभाबाट स्वीकृत भएको नियमावली अनुसारकै नयाँ प्रतीक चिह्न बनाउन लागिएको हो । तर, नयाँ लोगोमा पनि सुन र चाँदी प्रयोग गर्ने कार्यव्यवस्था परामर्श समितिले निर्णय गरेको छ ।

गण्डकीमा असार २२ गतेको प्रदेश सभाले प्रदेश सभा नियमावली, २०८० पारित गर्‍यो । सोही नियमावलीको अनुसूची ८ मा प्रतीक चिह्न (लोगो) को व्यवस्था गरिएको छ । यो लोगो नियम २२२ सँग सम्बन्धित छ ।

Prabhu Bank
Agni Group
NIC Asia

“सदस्यहरूले प्रयोग गर्ने प्रतीक चिह्न (लोगो) अनुसूची ८ बमोजिमको हुने छ । त्यस्तो प्रतीक चिह्नको प्रयोग र सम्मानमा सदस्यले उचित ध्यान दिनुपर्ने छ,” उपनियम २ मा भनिएको छ ।

नयाँ लोगोको चौघेरा स्वर्ण रङको छ । धानको बालादेखि दुई हात पनि सुनौलो रङका नै छन् । लोगोभित्र निलो रङ प्रयोग गरिएको छ, जसको अर्थ आकाश हो । 

Global Ime bank

स्वीकृत नयाँ लोगोमा अंकित हिमाललाई माछापुच्छ्रेको आकार दिन खोजिएको छ । हिमालमा पनि सुनौलो रङ नै दिइएको छ । नेपालको नक्साभित्र गण्डकी प्रदेशको भूगोललाई भने खरानी रङमा राखिएको छ । नेपालको बाँकी भूगोल सुनौलो रङमा नै छ ।

खरानी रङको पृष्ठभूमिमा सुनौला अक्षरले गण्डकी प्रदेश सभा लेखिएको छ । गण्डकी प्रदेशको भूगोलमाथि नेपालको झन्डा राखिएको छ । नियमावलीका लागि गठित समितिले लोगोका लागि प्रदेश सभा सदस्य सुधीरकुमार पौडेलको संयोजकत्वमा छुट्टै उपसमिति बनाएको थियो । उक्त उपसमितिले डिजाइनसँग सम्बद्ध व्यक्ति तथा संस्था, पूर्वसांसदलगायतबाट राय लिएर नयाँ लोगोसहितको प्रतिवेदन मस्यौदा समितिलाई बुझाएको हो ।

उपसमिति संयोजक पौडेलका अनुसार यस अगाडिको लोगो भद्दा, कुनैगैरसरकारी संस्था, सामाजिक संस्थाको जस्तो देखिएको हुँदा नयाँ लोगो बनाइएको हो । यही नयाँ लोगोलाई चाँदी र सुनको धातुबाट बनाउन लागिएको हो ।

प्रदेश सभा तथा कार्यव्यवस्था परामर्श समितिका सदस्य विन्दुकुमार थापाले अनुसार २–३ दिनभित्रै धातुको नमुना लोगो हेरिसकेपछि कोटेसनको प्रक्रियामा जाने बताए ।

“कार्यव्यवस्थामा छलफल भएको छ । कालीगढले एउटा नमुना ल्याएका थिए । त्यही करिबकरिब फाइनल भएको छ । प्लास्टिकको बनाएर ल्याएर हेर्‍यौँ । अहिले धातुको बनाएर ल्याउन भनेका छौँ,” उनले भने ।

थापाका अनुसार लोगोको बेस चाहिँ चाँदीको हुन्छ, नेपालको नक्सामा गण्डकी प्रदेश चाँदीको हुन्छ । नक्साको अन्य भाग चाहिँ सुनको हुन्छ । "लोगोको किनारामा पनि सुनको जलप नै लगाइन्छ । धेरै मूल्य पर्दैन भन्ने छ," उनले भने ।

तर, निश्चित मूल्य कोटेसन मागेपछि मात्रै थाहा हुने उनले बताए । २–३ दिनमा धातुको नमुना हेरिने र त्यसपछि कोटेसन मागेर लोगो बनाइने उनले बताए ।

गण्डकीको लोगोको चौघेरा ३२ मिलिमिटरको छ भने मोटाइ २ मिलिमिटरको हुने छ ।

अघिल्लो कार्यकालमा प्रदेश सभा सचिवालयले २५ हजार पुरस्कार राशि राखेर प्रदेशको लोगो बनाउन सार्वजनिक प्रस्ताव आह्वान गरेको थियो । त्यतिबेला प्रदेश सभामा कार्यरत कर्मचारीले नै बनाएको लोगो छनोट भएको थियो ।

अघिल्लो कार्यकालमा सुरुमा प्रदेश सभा सदस्यहरूले १९५ रुपैयाँ पर्ने प्लास्टिकको लोगो प्रयोग गर्ने गरेका थिए । तर, पछि सोही लोगोलाई सुन र चाँदी प्रयोग गर्दा मूल्य छ हजार ५०० पुगेको थियो ।

अहिले लोगो नै फेरिएको छ । प्रदेश सभा सदस्यहरूलाई सुरुमा नै सुनचाँदी जडित लोगो उपलब्ध गराइने भएको छ ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, असोज ३, २०८०  २१:४२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय