खेल
काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप)का सदस्य–सचिव एवं १९औँ एसियाली खेलकुदमा सहभागी हुने नेपाली टोलीका सेभ दि मिसन टंकलाल घिसिङ बुधबार चीनको हाङझाउ प्रस्थान गरेका छन् ।
सदस्य–सचिव घिसिङलाई राखेपका निमित्त सदस्य–सचिव प्रकाशकुमार कुसारी र प्रशासन विभागका प्रमुख प्रेमबहादुर मल्लले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बिदाइ गरे ।
हाङझाउ एसियाडमा सहभागी हुन टेबलटेनिस, फेन्सिङ र सुटिङ टोली पनि बुधबारै चीन प्रस्थान गरेको छ । हाङझाउ एसियाड असोज ६ गतेदेखि सुरु हुँदै छ ।
प्रकाशित मिति: बुधबार, असोज ३, २०८० १९:३८
प्रतिक्रिया दिनुहोस्