site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Global Ime bankGlobal Ime bank
सागरको उपन्यास ‘राइपाली भञ्ज्याङ’ सार्वजनिक 

काठमाडौं । लेखक सागर खड्काको पहिलो औपन्यासिक कृति ‘राइपाली भन्ज्याङ’ लोकार्पण भएको छ । 

बुधबार काठमाडौंमा आयोजित कार्यक्रममा साहित्यकार बुद्धिसागर, दुर्गा कार्की र कृतिकार सागर खड्काले पुस्तक सार्वजनिक गरे । 

साहित्यकार बुद्धिसागरले सार्वजनिक कृति ‘राइपाली भन्ज्याङ’ कथा उपकथाहरू जोडिएर बनेको विशेष उपन्यास बनेको बताए । 

Dabur Nepal
NIC Asia

“सागरको उमेर हेर्दा उनले प्रेमकथा लेखेका होलान् जस्तो लागेको थियो । तर यो पुस्तकमा उनले गहन विषयवस्तुलाई उजागर गरेका छन्,” बुद्धिसागरले भने “सरल एवम् मीठो भाषाशैलीमा लेखिएको यो पुस्तक लेखकको पहिलो भए पनि सशक्त रूपमा आएको छ ।” 

लेखक दुर्गा कार्कीले उपन्यासको कथा मथिंगल रन्थनाउने किसिमको रहेको टिप्पणी गरिन् । उनले कृतिमा मौलिक भाषाका साथै उत्कृष्ट बिम्ब प्रयोग भएको उल्लेख गरिन् । 

सागर खड्काको भाषा जादुयी रहेको र यही जादुको सम्मोहनमा परेर नै आफ्नो प्रकाशन गृहले खड्काको उपन्यास प्रकाशन गरेको फाइनप्रिन्टका अजित बरालले बताए । 

“हामीले फाइनप्रिन्टको १८ वर्षे इतिहासमा पहिलो पटक कुनै नयाँ लेखकको पाण्डुलिपिका सुरुवाती केही अनुच्छेद र बीचबीचमा सरसर्ती केही पेज हेरेको भरमा साइन गरेको”, उनले भने, “हामीलाई लाग्छ– सागर खड्काले आफ्नो लेखनलाई निरन्तरता दिए र अध्ययनलाई फराकिलो बनाउँदै लगे भने नेपाली साहित्यमा उनले बलियो उपस्थिति जनाउनेछन् । ‘राइपाली भन्ज्याङ’ त्यसको संकेत मात्र हो ।”  

कार्यक्रममा लेखक खड्काले ‘राइपाली भञ्ज्याङ’ लेखन यात्रा स्मरण गरे । पुस्तक लेख्न चार वर्ष लागेको र यसबीचका उतारचढावबारे उनले आफ्ना सम्झना सुनाए । लेखन यात्रा सुरु गर्दादेखि अहिले पुस्तकका रुपमा आइसक्दा पुस्तकले आफूलाई नयाँ संसारमा लगेको उनको भनाइ छ । 

कार्यक्रममा नेपाली क्रिकेटका पूर्वकप्तान पारस खड्काले लेखक सागर खड्कालाई बधाइ र शुभकामना दिए । 

‘राइपाली भन्ज्याङ’ दुई बालसखा बुद्धि र कुसुमको प्रेमकथा हो । समाज र संघर्षको कथा हो । र, सैनिक बनेर भरियाहरू अगाडि लगाउँदै गाउँ छिर्ने सपना बोकेका दुई बच्चाको मित्रताको कथा पनि हो । 

यो त्यो समयको कथा हो, जति बेला मोबाइल हुँदैनथे । तर पनि एकअर्काको दिलसम्मै खबर पुग्थे । सवारी गुड्ने सडक हुँदैनथे । 

तर पनि मानिसहरू भन्ज्याङ हुँदै डाँडाकाँडा छिचोल्थे । घैया गोड्दै महिलाहरू झ्याउरे गीत गाउँथे । अनि मेलापर्वमा ठाडो भाकाले गाउँगाउँ गुन्जिन्थे ।

अन्धविश्वास र हिंसाको छिटाले लतपतिएको समाजमा कहिले बहकिँदै त कहिले सम्हालिँदै सहारा र सन्तुष्टिको खोजीमा जीवनभर अघि बढिरहने बुद्धिको यस कथाले सबैलाई आफ्नो अतीतमा पुर्‍याउनेछ । 

‘राइपाली भन्ज्याङ’मार्फत साहित्यको गगनमा पहिलो उडान भरेका लेखक सागर खड्काको जन्म लमजुङमा भएको हो । हाल उनी त्रिभुवन विश्वविद्यालय, कीर्तिपुरमा डिपार्टमेन्ट अफ एक्वाकल्चरमा स्नातकोत्तर गरिरहेका छन् ।   

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: बुधबार, असोज ३, २०८०  १८:००
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro