site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
राजनीतिक हस्तक्षेपले विश्वविद्यालय ध्वस्त भए : प्रा. डा. माथेमा
SkywellSkywell

काठमाडौं । त्रिभुवन विश्वविद्यालयका पूर्वउपकुलपति प्राध्यापक डा. केदारभक्त माथेमाले विश्वविद्यालयमा राजनीति छिरेपछि त्यो ध्वस्त हुने बताएका छन् । 

नेपालका विश्वविद्यालयको स्तरमा आएको क्षयीकरणमा पनि माथेमाले राजनीतिक हस्तक्षेपलाई कारणका रूपमा प्रस्तुत गरे । गत साउन २४ मा नेपाली कांग्रेसले सुरु गरेको बीपी साहित्य महोत्सव २६ गते एमाले नेता तथा संविधानसभा अध्यक्ष सुवास नेम्वाङको निधनका कारण रोकिएको थियो । 

अन्तिम दिनको रोकिएको कार्यक्रम बुधबार आयोजना भयो । बुधबारको कार्यक्रममा प्रमुख वक्ताको भूमिका त्रिभुवन विश्वविद्यालयका पूर्वउपकुलपति शिक्षाविद् माथेमाले पाएका थिए । 

Dabur Nepal
NIC Asia

उक्त कार्यक्रममा माथेमाले बीपी कोइराला भएको भए अहिलेको शिक्षा प्रणालीलाई पनि यस्तै हुन नदिने अनुमान गरे । 

“एउटै त्रिभुवन विश्वविद्यालयमा ७५ प्रतिशत विद्यार्थीहरू छन् । बाँकी तीन विश्वविद्यालयसँग १६ प्रतिशत छन् भने अन्य १० वटामा १० प्रतिशत मात्र छ । यो व्यालेन्स छैन,” प्रा. डा. माथेमाले भने, “त्रिभुवन विश्वविद्यालय अन्तर्गतका सबै क्याम्पसका विद्यार्थीहरूलाई एउटै पाठ्क्रम पढ्छन्, एउटै प्रकारको केन्द्रिकृत जाँच दिन्छन् । बीपी भएको भए त्यस्तो हुनु दिनु हुने थिएन होला ।” 

उनले आफूले पढेअनुसार बीपी विविधता र सृजनशीलताको पक्षधर भएका कारण पनि उनी भएको भए एउटै पाठ्यक्रम लागु हुँदैनथ्यो होला भन्न सकिने बताए । 

उनले त्रिविका सबैतिरका क्याम्पसमा एउटै पाठ्यक्रम राम्रो नहुने धारणसमेत राखे । 

नेपालका विश्वविद्यालयको स्तर खस्कनुको प्रमुख कारण राजनीतिक हस्तक्षेपलाई मान्दै विश्वविद्यालयमा राजनीतिले सधै नराम्रो नै असर गर्ने कुरा अध्ययनहरूले पनि पुष्टि गरेको बताए । 

“विश्वविद्यालयलमा राजनीतिक हस्ताक्षप हुनुहुँदैन । युनिभर्सिटी इज द रिपव्लिक अफ एकेडेमिक्स् ।  हामीले अख्तियारको हस्तक्षेपको समेत विरोध गर्यौ,” प्रा. डा माथेमाले भने, “तर, अहिले राजनीतिक हस्तक्षेप छ । राजनीतिक हस्तक्षेपले कहिले पनि राम्रो गर्दैन ।” 

उनले आफूले प्रधानमन्त्रीसँगको कुराकानीमा एसिएन डेभलपमेन्ट बैकले गरेको अध्ययनबारे कुरा गरेको भन्दै त्यसले राजनीतिक हस्तक्षेपले राम्रो नगर्ने कुरा स्पष्टसँग लेखेको बताए । 

“त्यसमा नेपाल, बंगलादेश र भारतको उच्च शिक्षाको बारेमा अध्ययन गरेको छ,” माथेमाले भने, “त्यो अध्ययनको पहिलो बुँदामै भनिएको छ– जहाँ विश्वविद्यालयमा राजनीतिक हस्तक्षेप हुन्छ, त्यो विश्वविद्यालयले कुनै प्रगति गर्न सक्दैन ।” 

उनले पश्चिमा मुलुकहरूमा पनि पहिले चर्चको हस्तक्षेप र पछि राजनीतिक हस्तक्षेप हुँदा विश्वविद्यालयको स्तर माथि उठ्न नसकेको भन्दै पछि विश्वविद्यालयलाई विस्तारै स्वतन्त्र बनाउपछि मात्र प्रगति गरेको उल्लेख गरे । 

उनले बीपी कोइरालाले राखेको धारणा र उनका विषयमा आफूले गरेको अध्ययनबाट बीपी कोइराला भएको भए विश्वविद्यालयमा राजनीतिक हस्तक्षेप हुँदैनथ्यो भन्न सकिने बताए ।

माथेमाले गिरिजाप्रसाद कोइरालाले आफूलाई उपकुलपति बनाउँदा आस्था वा दलीय अवद्धताका आधारमा नभएर आफ्नो एउटा लेख पढेका आधामा मात्र बनाएको बताए ।  

“गिरिजाप्रसादले मलाई चिन्नुभएको थिएन । उपकुलपति बनाउनुभन्दा अघि उहाँसँग एकपटक मात्र भेटघाट भएको थियो,” प्रा.डा. माथेमाले त्रिविको उपकुलपति नियुक्त हुँदाका प्रसंग सम्झँदै भने, “म विश्व बैकमा काम गर्दा भेट भएको थियो र उहाँले अंग्रेजीमा कुराकानी गर्नुभएको थियो । तर, म नेपाली नै हुँ भनेपछि हाम्रो नेपालीमै कुराकानी भएको थियो ।” 

उनले आफूलाई उपकु्लपति बनाउनुको कारण त्यसबेला आफूले थाहासमेत नपाएको बताए । उनले पछि थाहा पाउँदा एउटा लेख लेखेका कारण आफूलाई नियुत्त गरेको थाहा भएको बताए । 

“गिरिजाप्रसाद कोइरालाले मैले लेखेको लेख चक्र बास्तोलाले पढ्नुभएको रहेछ । त्यसकै आधारमा मलाई नियुक्त गर्नुभएको होला जस्तो लाग्छ,” माथेमाले भने, “गिरिजाप्रसाद कोइरालाले विश्वविद्यालयमा कुनै हस्तक्षेप गर्नु भएन मेरो समयमा । उहाँलाई राजनीतिक हस्तक्षेपको दबाब नभएको होइन । तर, जे जे गर्यौ, त्यो हामीले नै गरेका हौँ ।”

उनले बीपी जस्तो नेता नहुँदा अहिलेको अवस्था आएको बताए । 

“बीपी भएको भए अहिलेको जस्तो परिस्थिति आउँदैन थियो भन्ने लाग्छ । अहिले हाम्रोमा प्रश्न छ– शिक्षाको श पढेर पास हुन वा जागिर खान मात्रै हो त ?” माथेमाले भने, “उहाँलाई मैले जति बुझेको छु र जति पढेको छु, त्यसका आधारमा भन्दा उहाँले प्राक्टिकल जीवनमा काम नलाग्ने शिक्षालाई निरन्तरता दिनुहुन्थ्यो होला ।”

NIBLNIBL
प्रकाशित मिति: बुधबार, असोज ३, २०८०  १२:५४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu