site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
सरकारले चोरी पैठारी नियन्त्रण गर्न सकेन : ओली
फाइल तस्बिर।
Tiktok banner adTiktok banner ad

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सरकारले चोरी पैठारी नियन्त्रण गर्न नसकेको बताएका छन् ।

ओलीले खसी, बोकालगायतका वस्तुहरु चोरी पैठारी गर्दा पनि सरकारले नियन्त्रण गर्न नसकेकाले लक्ष्यअनुसार राजस्व उठ्न नसकेको समेत बताए ।

राष्ट्रिय विज्ञान दिवसको अवसर पारेर सोमबार पार्टी केन्द्रीय कार्यालयमा च्यासलमा आयोजित एक कार्यक्रममा बोल्दै उनले भन्सारबाटै चोरी पैठारी हुँदा पनि सरकारले केही गर्न नसकेको आरोप लगाए ।

अध्यक्ष ओलीले विद्युत् मुलुकका लागि पर्याप्त नभए पनि सरकारले पुगेजसरी प्रचार गरिरहेको भन्दै असन्तुष्टि व्यक्त गरे । उनले आफूले पहिलोपटक प्रधानमन्त्री भएका बेला मुलुकलाई आधारभूत रुपमा लोडसेडिङ मुक्त गराएको दाबी समेत गरे ।

अध्यक्ष ओलीले मुलुकलाई अघि बढाउनका लागि वैज्ञानिक खोज तथा अनुसन्धानको विषयलाई विशेष ध्यान दिनुपर्ने बताए ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, असोज १, २०८०  १९:३९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro