site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
पाइलट उछिट्टिँदा अमेरिकामा १० अर्बको लडाकु जहाज हरायो
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad

काठमाडौं । अमेरिकामा एक अत्याधुनिक लडाकु विमान हराएपछि सरकारी अधिकारीहरुले नागरिकलाई देखे, भेटेमा जानकारी गराउन आग्रह गरेका छन् । आइतबार अमेरिकाको दक्षिणी क्यारोलिनाबाट एफ–३५ लडाकु विमान हराएको हो ।

अधिकारीहरुले विमान दुर्घटनाको जोखिममा रहेको भनेपछि त्यसमा रहेका पाइलट उछिट्टिएर अथवा ‘इजेक्ड’ भएर बाहिर निस्केका थिए ।

KFC Island Ad
Dabur Nepal
NIC Asia

केही लडाकु विमानहरुमा खतराका बेला पाइलट बाहिर निस्किन सक्ने अथवा इजेक्ट हुन सक्ने विशेष सुविधा उपलब्ध छ । खतराका बेला इजेक्ट हुन चाहे ‘ठूलो बल’ले पाइलटलाई अगाडि फालिन्छ र प्यारासुटको मद्दतले अवतरण हुन्छ ।

आइतबारको यो घटनापछि अस्पताल लगिएका पाइलटको अवस्था  स्थिर रहेको बताइएको छ । त्यसपछि उक्त विमान भने सम्पर्कविहीन भएको हो ।

Royal Enfield Island Ad

घटनापछि अमेरिकी बेस डिफेन्स अपरेसन सेन्टरले एफ–३५ बारे कुनै जानकारी भएमा फोन गरेर जानकारी दिन आग्रह गरेको छ । लकहिड मार्टिनले बनाएको यी विमानको मूल्य आठ करोड अमेरिकी डलर (करिब १० अर्ब नेपाली रुपैयाँ बराबर) पर्छ ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, असोज १, २०८०  १४:१७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro