site stats
बाह्रखरी :: Baahrakhari
सम्पादकीय
KNP NerolacKNP Nerolac
Laxmi BankLaxmi Bank
Ghorahi CementGhorahi Cement

अधिकांश बन्द वा हडताल बाध्यताभन्दा बढी आवेगका उपज हुन्छन् । हुनत, तिनको कारण प्रायः बलियाले निर्धामाथि गरेको अन्याय हुनेगर्छ तर हडतालबाट निर्दोष जनताले सास्ती सहनुपर्ने हुन्छ ।

हेटौँडाको एउटा निजी अस्पतालमा बिरामीका आफन्तले चिकित्सकमाथि हातपात गरे । उनीहरूलाई तत्काल कारबाही त गरिए नै उल्टै पीडितलाई पीडकसँग मिल्न दबाब दिएर प्रताडित गरियो ।

स्थानीय प्रशासनको रबैयाबाट निराश चिकित्सकहरूले नेपाल चिकित्सक संघलाई गुहारे र चिकित्सक संघले तुरुन्तै सरकारमाथि दबाब दिन अमोघ अस्त्र प्रहार गर्‍यो ( देशभरका अस्पतालमा बहिरङ्ग सेवा बन्द ।

Dabur nepal
Agni Group

नभन्दै देशभरका अस्पतालहरूमा बहिरङ्ग सेवा बन्द गरियो । सेवा बन्द हुँदा सामान्य स्वास्थ्य परीक्षणका लागि अस्पताल पुगेकादेखि अर्को अस्पतालबाट प्रेषित सिकिस्त बिरामी सबै अलपत्र भए । 

टाढाबाट आएका बिरामी र तिनका आफन्तले त झन् सास्ती पाए । डाक्टरलाई देखाउन नपाउँदा कतिपय बिरामीको त उपचारै सङ्कटमा पर्‍यो । उनीहरू निराश र क्षुब्ध भए ।

अस्पताल बन्द भएपछि बल्ल सरकार र आन्दोलनकारी चिकित्सकबीचको वार्ताले गति लियो । वार्तमा चिकित्सकमाथि हातपात गर्नेहरूमाथि कारबाहीलगायत अस्पतालहरूको सुरक्षासमेतका विषयमा सहमति भयो ।

यसपटकको हडताल त सकियो तर कहिले कुन दिन फेरि यस्तै दुर्नियति भोग्नुपर्ने हो कसैले पनि किटेर भन्न सक्तैन । ज्यादती भएमा न्याय पाइन्छ भन्ने विश्वास र धैर्यको अभावमा सबैले हडतालकै सहारा लिन पुगेका जो हुन्छन् ।

धेरैजसो घटनामा ज्यादती गर्न अगाडि सर्नेहरू कुनै न कुनै राजनीतिक दलका नेताका कृपापात्र हुनेगरेका देखिएको छ । राजनीतिक आड पाएका बाहुबलीलाई कारबाहीको घेरामा ल्याउन प्रहरी प्रशासन भने प्रायः हिचकिचाउने गर्छ । यसपछि हुने त यस्तै हो ।  

हेटौँडामा तत्काल कारबाही गरिएको भए सायद चिकित्सक संघले हडतालको आह्वानै गर्ने थिएन । अर्कातिर संघका पदाधिकारीले अलिकति पनि विवेक प्रयोग गरेका भए पनि सम्भवतः बिरामीले यसरी सास्ती भोग्नुपर्ने थिएन ।

दबाब परेपछि मात्र कारबाही गर्दा प्रहरी प्रशासन नैतिकरूपमा पराजित त भयो नै जनतामा न्याय पाउन बल देखाउनै पर्ने गलत सन्देश पुग्यो । बिरामीले पाएको सास्तीका लागि चिकित्सकहरूले जे ठाने पनि जनताले भने तिनलाई धिक्कारेका छन् ।

यसरी दुवै पक्षले हार्ने ‘लसलस’को खेलमा उत्रन हतार गर्नुको साटो चिकित्सकहरूले विवेक प्रयोग गर्नुपर्थ्यो । कम्तीमा पेसागत धर्म र ‘हिप्पोक्रेटिक ओथ’को सम्मानलाई त चिकित्सक सबै र विशेषगरी नेपाल चिकित्सक संघले हेक्का राख्ने अपेक्षा जो थियो ।

चिकित्सकको हडतालले जनजीवनमा तत्काल र प्रत्यक्ष प्रभाव पारेकाले सबैको ध्यान जान्छ । तर, हडतालका सम्बन्धमा यस्तै अविवेकी अभ्यास शिक्षक, विद्यार्थी, मजदुरदेखि कानुन व्यवसायीले समेत गरेका छन् । त्यसबाट सबैले प्रायः गुमाएकै हुन्छन् ।

रिसको झोँकमा यसरी आफैँलाई हानि हुने हडताल गरी हाल्नुभन्दा विवेक प्रयोग गर्न सके यस्ता प्रत्युत्पादक अभ्यासबाट सास्ती पाउनबाट रोक्न सकिन्छ । यस्तै, प्रहरी प्रशासनले पनि कानुन पालनामा स्वःस्फूर्त अग्रसरता देखाए यसरी जनताले सास्ती पाउने र राज्य संयन्त्र बदनाम हुने स्थित नै उत्पन्न हुने थिएन । 

हडताल, बन्दजस्ता जनतालाई सास्ती हुने अभ्यासको निर्णय गर्नुभन्दा पहिले नै विचार गरौँ । जनताले सास्ती पाएपछिमात्र वार्ताका लागि तयार हुने अभ्यास र मानसिकता राज्यका संयन्त्रले छाडून्   

NIBLNIBL
प्रकाशित मिति: सोमबार, असोज १, २०८०  १३:२१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Kumari BankKumari Bank
national life insurancenational life insurance
Maruti cementMaruti cement
सम्पादकीय
शिक्षकहरू विद्यालयमै फर्क !
शिक्षकहरू विद्यालयमै फर्क !
Corporate BaahrakhariCorporate Baahrakhari
SubisuSubisu
Hamro patroHamro patro