site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
अमेरिकी उपराष्ट्रपति कमला ह्यारिसको जीवनी नेपालीमा

काठमाडौं । अमेरिकी उपराष्ट्रपति कमला ह्यारिसको जीवनीको नेपाली संस्करण शनिबार काठमाडौंमा सार्वजनिक भएको छ । ‘द ट्रुथ वी होल्ड’को नेपाली अनुवाद ‘सत्यको जगमा उभिएर’ सार्वजनिक भएको हो । अनुवाद विप्लव प्रतीक र लेखक/अनुवादक सगुना शाह तथा वी रीडको सीईओ सुनिती अमात्यले पुस्तक विमोचन गरे । 

विमोचनअघि अनुवादक प्रतीकसँग शाहले संवाद गरेकी थिइन् । कमला ह्यारिसलाई कसरी सत्यको जगमा उभिएको पाउनुभयो भन्ने प्रश्नमा प्रतीकले सुरुआतदेखिकै हरेक यात्रा र संघर्षमा कमलाले सत्मार्गमा हिँडेको आफूले पाएको बताए । “उनको जीवन नै हरेक मानिसलाई प्रेरणा र ऊर्जा दिने दिने खालको छ,” उनले भने । 

रंगभेद तथा बालबालिका र महिलामाथिको विभेद, अदालतमा बयानक्रममा उनीहरूको परिस्थितबारे ह्यारिसले गरेको अनुभव आफूलाई मन परेका शाहले बताइन् ।  आप्रवासी आन्दोलनदेखि समलिंगी, तेस्रोलिंगी, आर्थिक व्यवस्थालगायत विषय पनि महत्वका साथ आएको उनको भनाइ थियो ।

शाहले प्रतीकलाई अर्को प्रश्न गरिन्, ‘यात्रामा आएका डर वा निराशालाई ह्यारिसले किन नलेखेकी होलिन्, केही छुटेजस्तो लाग्दैन ?’ प्रतीकले अरुलाई निडर बनाउन र अघि बढिरहन प्रेरित गर्न पनि यस्ता सन्दर्भलाई उल्लेख नगरेको हुन सक्ने बताए ।
 
पुस्तकको कुनै लाइन वा प्रसंग छोडेर अनुवादकले अनुवाद गर्न मिल्छ मिल्दैन ? भन्ने अर्को प्रश्नमा प्रतीकले भने, “मैले यसो गर्न मिल्दैन र गर्दिनँ पनि । अनुवादमा इमानदारी जरुरी छ ।” 
 
के छ पुस्तकमा ?
एक अधिकारकर्मी, सामाजिक न्यायकी अभियन्ता, क्यालिफोर्नियाकी सिनेटर एवं उपराष्ट्रपति ह्यारिसलाई नजिकबाट चिनाउने पुस्तक हो यो । जनताको न्यायका लागि लडिरहेका उनका प्रारम्भिक दिन अनि राजनीतिमा उनको प्रवेश र यसभित्रका संघर्षलाई पुस्तकले बयान गरेको छ ।

Global Ime bank

जमैकेली बुबा र दक्षिण भारतीय आमाकी छोरी ह्यारिसले समानता र राज्य प्रणाली सुधारका लागि गरेका संघर्षका प्रेरणादायी गाथा यसमा समेटिएको छ । ह्यारिसको बुबाआमाबीच पारपाचुके भएपछि आमा श्यामलाले कसरी आफ्ना दुई छोरीलाई हुर्काइन्, दीक्षित गरिन् र सत्यको जगमा उभिएर दुनियाँ देखाउने मार्ग रोजिन् भन्ने कुरा किताबमा भेटिन्छ । 

यो संस्मरणात्मक जीवनगाथाले पाठकमा साहस भरिदिने र सत्यको मार्गमै हिँड्ने उत्साह दिन्छ । ह्यारिस लेख्छिन्, ‘दोस्रो वर्षको गृष्म याममा मैले क्यालिफोर्नियाका सिनेटर एलन क्रेन्सटनकहाँ इन्टर्नसिप गर्ने मौका पाएँ । कसले थाहा पाउन सक्ने कुरा थियो र, म तीस वर्षपछि सिनेटको त्यही सिटमा चुनिनेछु ।’

संयुक्त राज्य अमेरिकाको पहिलो महिला उपराष्ट्रपतिमात्रै नभई उनी पहिलो अश्वेत उपराष्ट्रपति पनि हुन् । 
 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, भदौ ३१, २०८०  ०७:०२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
अब त रोम विधान अनुमोदन गर !
अब त रोम विधान अनुमोदन गर !
SubisuSubisu