site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
भक्तपुरमा टाउको छिनेको अवस्थामा महिलाको शव फेला
प्रतीकात्मक तस्बिर ।

भक्तपुर । दुई महिनाअघि घरबाट हराएकी एक महिलाको टाउको छिनेको अवस्थामा शनिबार शव फेला परेको छ ।

मध्यपुरथिमि नगरपालिका–४, तसीटोलस्थित बालकुमारी सामुदायिक वनमा घाँस काट्न गएकी महिलाले टाउको छिनेको शव देखेपछि प्रहरीलाई खबर गरेको जिल्ला प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक वसन्त पाठकले बताए ।

दुई महिनाअघि हराएकी महिलाको शवको कंकाल मध्यपुरथिमिको जंगलमा भेटिएको उनले जानकारी दिए । पाठकका अनुसार कंकालमा भेटिएको लुगाका आधारमा शवको पहिचान गरिएको हो ।

“उक्त शव सूर्यविनायक नगपालिका–२, बालकोटस्थित बंगलामुखी बस्ने ६१ वर्षीया परमेश्वरी दाहालको रहेको परिवारले पहिचान गरेको छ,” उनले भने ।

परमेश्वरीकी छोरी जानुका दाहालले गएको साउन १० गते आमा हराएको भन्दै प्रहरी वृत्त थिमिमा जाहेरी दिएकी थिइन् । शव परीक्षणका लागि काठमाडौं मेडिकल कलेज दुवाकोटमा पठाइएको जनाउँदै प्रनाउ पाठकले घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको बताए । रासस

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: शनिबार, भदौ ३०, २०८०  १५:२१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro