site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
शिक्षामा दलीय स्वार्थ हावी हुनु हुँदैन : पूर्वराष्ट्रपति भण्डारी
फाइल तस्बिर।

भक्तपुर । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले शिक्षामा दलीय स्वार्थ हावी हुन नहुने बताएकी छन् ।

आज बाल दिवसको अवसरमा मदन भण्डारी मेमोरियल स्कुल जोरपाटीमा आयोजित कार्यक्रममा उनले शिक्षामा दलीय स्वार्थ हावी हुँदा राष्ट्रको अवस्था खराब बाटोमा जाने बताइन् ।

पूर्वराष्ट्रपति भण्डारीले भनिन्, “शिक्षाको नीति बनाउँदा दलीय आँखाले हेर्नु हुँदैन, शिक्षा भनेको विकासको पहिलो पूर्वाधार हो । त्यसैले शिक्षामा दलीय स्वार्थ हावी हुँदा राष्ट्रको अवस्था खराब बाटोतर्फ जान्छ ।”

राष्ट्रिय शिक्षा नीति बनाउँदा पार्टीको चस्मा लगाउन हुँदैन भन्दै उनले राष्ट्रको चस्मा लगाएर शिक्षा नीति बनाउनु पर्ने औँल्याइन् ।

संविधानले सोचे जस्तो शिक्षा दिन नसकिए देशको अवस्था सुधारिँदैन भन्दै उनले युवा शक्तिको विदेश पलायन रोक्न उचित र स्वदेशमै काम लाग्ने शिक्षा दिन आवश्यक रहेको बताइन् ।

“हाम्रो देश कृषि प्रधान देश हो, वन जङ्गलको धनी देश, जलस्रोतको धनी देश हो । उर्वर भूमि हामीसँग छ, तर खाद्यान्न विदेशबाट ल्याउनु पर्ने अवस्था छ,” पूर्वराष्ट्रपति भण्डारीले भनिन्, “खेतबारी बाँझै छन्, कृषिमा काम गर्नेलाई हेला गर्ने सोच हामीसँग छ । अतः यस्तो सोचलाई अब अन्त्य गर्नुपर्छ ।” रासस

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: शुक्रबार, भदौ २९, २०८०  २१:१५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro