
काठमाडौं । डा. ओम मूर्ति अनिलको ‘जीवन्त सम्बन्ध’ को आवरण पृष्ठ अनावरण गरिएको छ ।
शुक्रबार भएको एक कार्यक्रममा उनको आवरण पृष्ठ अनावरण गरिएको हो । जीवन सम्बन्ध, संस्कार, संस्कृति, पारिवारिक सम्बन्ध, संघर्ष, सन्तानद्वारा आमाबुबाको हेरचाह, सफलता, असफलता, सुखदुःख र पीडालगायतका विषयमाथि संस्मरणात्मक शैलीमा पुस्तक लेखिएको छ ।
सम्बन्धहरूको गहिराईलाई केलाइएको पुस्तकमा व्यक्तिको कर्तव्य, सोच र दायित्यलगायतका विषय उल्लेख गरिएको छ । पुस्तकमा मानिसको सोचमा सकारात्मक परिवर्तन ल्याउन सक्ने, सामाजिक रूपान्तरण, पारिवारिक दायित्व एवम् पेसागत जिम्मेवारीलाई निर्वाह गर्न सकिने उनले जनाए । पुस्तकमा ५३ वटा जीवन उपयोगी खण्ड तथा २४० पृष्ठ रहेको उल्लेख गर्दै उनले पुस्तकको बिक्रीबाट प्राप्त हुने सम्पूर्ण रकम असाहय वृद्धवृद्धाका निम्ति डा. ओम फाउन्डेसनमार्फत् खर्च गरिनेछ ।
पुस्तक शुक्रबारदेखि नै अनलाइन बुकिङ गर्न सकिने छ । दराज, ई–सेवा, हाम्रो पात्रो अनलाइनलगायतका प्लेटफर्मबाट अर्डन गर्न सकिनेछ ।