site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
द कोका–कोला फाउन्डेसन र माइती नेपालबीच दिगो कृषि प्रवर्द्धनका लागि सम्झौता

काठमाडौं । द कोकाकोला फाउन्डेसन र माइती नेपालबीच एकीकृत खेती, कृषि तालिम र कृषि पर्यटनमार्फत दिगो विकास, सामुदायिक समृद्धि तथा महिला सशक्तिकरणका लागि सम्झौता भएको छ ।

वाग्मती प्रदेशका मुख्यमन्त्री शालिकराम जमकट्टेलले मकवानपुर गढीमा उक्त कार्यक्रमको शिलान्यास गरेका छन् ।

मुख्यमन्त्री जमकट्टेलले यस सम्झौताले ग्रामीण विकासलाई प्रवर्द्धन गर्न, दिगो कृषि विधिलाई बढावा दिन र समुदायलाई आर्थिक स्थायित्वमा योगदान पुर्‍याउने कुरामा जोड दिए ।

यस परियोजनाअन्तर्गत ग्रामीण महिला र बेचबिखनको जोखिममा परेका बालिकाहरूलाई तालिम दिनेगरी तालिम केन्द्र स्थापना गरिनेछ । 

परियोजनाको लक्ष्यअनुसार ३० जना व्यक्तिहरूका लागि दिगो आर्थिक स्रोत सुनिश्चित गर्ने र उनीहरूलाई कृषि क्षेत्रमा सफलताको लागि आवश्यक सीपहरू प्रदान गर्ने रहेको छ । 

तालिमपश्चात् संस्थाले सहभागीहरूलाई स्टार्ट–अप गर्न आवश्यक कोषका लागि स्थानीय सरकार र बैंकिङ संस्थाहरूसँग लिंक गर्नेछ । दोस्रो वर्षमा भने फाउन्डेसनले रोजगारीका अवसरहरू प्रदान गर्नुका साथै सहभागीहरूलाई उनीहरुले नयाँ सिकेको ज्ञान कार्यान्वयन गर्न कृषि–पर्यटनका नमुना इकाईहरू स्थापना गर्ने योजना पनि बनाएको छ । 

साथै आफ्नो गाउँमै करियर बनाउन चाहनेलाई संस्थाले स्थानीय निकायसँग समन्वय गरी बैंकबाट कृषि ऋणलगायत आर्थिक सहयोग पनि उपलब्ध गराउनेछ ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, भदौ २९, २०८०  १६:०३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro