site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
नेप्से २२.३५ अंकले घट्यो, आठ अर्ब ३७ करोडको सेयर कारोबार

काठमाडौं । लगातार ६ कारोबार दिन बढेको धितोपत्र दोस्रो बजार मापक नेप्से परिसूचक सोमबार (असार २३) घटेको छ । नेप्से परिसूचक २२.३५ अंकले घटेर २७ सय विन्दु तल झरेको छ । नेप्से परिसूचक ०.८२ प्रतिशतले घटेर २६८४.०१ विन्दुमा बन्द भएको छ ।  

यस दिन आठ अर्ब ३७ करोड ७३ लाख रुपैयाँको सेयर किनबेच भयो । आइतबार (असार २२) नौ अर्ब ५० करोड रुपयाँको सेयर खरिद–बिक्री भएको थियो । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

३९ कम्पनीको सेय रमूल्य बढेको छ । २०९ कम्पनीको सेयर मूल्य घटेको छ ।

माथिल्लो मैलुङ खोलाखोला जलविद्युत् लिमिटेडको सेयर मूल्य ६.५६ प्रतिशतले बढेको छ ।

आइतबार १० प्रतिशतले बढेको नेपाल फाइनान्सको सेयर मूल्य आज ५.३९ प्रतिशतले घटेको छ । राप्ती हाइड्रोपावर एन्ड जनरल कन्स्ट्रक्सन लिमिटेडको सेयर मूल्य १० प्रतिशतले घटेको छ ।

कारोबारमा आएका १३ मध्ये होटेल तथा पर्यटन र म्युचुअल फन्ड समूहको परिसूचक बढेको छ । बाँकी समूहको परिसूचक घटेको छ ।

होटेल तथा पर्यटन समूहको परिसूचक ०.६१ प्रतिशतले वृद्धि भएको छ । म्युचुअल फन्ड समूहको परिसूचक ०.०७ प्रतिशतले बढेको छ ।

प्रकाशित मिति: सोमबार, असार २३, २०८२  १५:३३
प्रतिक्रिया दिनुहोस्