site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
कांग्रेसका सहमहामन्त्री यादवमाथि भएको घटनालाई सरकारले गम्भीर रूपमा लिएको छ : प्रधानमन्त्री 

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवमाथि खुकुरी प्रहारको घटनालाई गम्भीर रूपमा लिएको बताएका छन् । 

शुक्रबारको प्रतिनिधिसभा बैठकमा उनले आक्रमणकारीलाई प्रचलित कानुनबमोजिम कारबाहीको प्रक्रिया अघि बढाइएको बताए । 

“सांघातिक खुकुरी प्रहारको घटनालाई सरकारले गम्भीर रुपमा लिएको छ । आक्रमणकारीलाई प्रचलित कानुनबमोजिम कारबाही अघि बढेको जानकारी गराउन चाहन्छु,” उनले भने ।

यस प्रकरका आक्रमणको घटना दोहोरिन नदिन र सुरक्षाको प्रत्याभूति मिलाउन सरकार प्रतिबद्ध रहेको जानकारी दिए । 

त्यस्तै प्रधानमन्त्रीले कान्ति बाल अस्पतालमा भदौ १८ गते बेलुकी उपचारका लागि भर्ना भएकी मकवानपुरकी पाँच वर्षीय बालिका रेजिशा गोपालीको उपचारका क्रममा मृत्यु भएको घटनापछि भएका कार्यबारे जानकारी गराए । 

घटना सार्वजनिक भए लगत्तै तीन सदस्यीय टोली बनाइएको र त्यसले प्रतिवेदन बुझाएको जानकारी दिए । 

अस्पतालले आकस्मिक कक्षमा खटिएका जनशक्तिको भरमा पनि विषयवस्तुप्रति संवेदनशीलता गर्न नसकिएको तीतो यर्थाथ देखिएको प्रतिवेदनमा उल्लेख भएको बताए । 

आगामी दिनमा यस्ता घटना दोहोरिन नदिन कदम थालिने र दोषी देखिए कारबाही गर्ने प्रतिबद्धता पनि जनाए ।
 

प्रकाशित मिति: शुक्रबार, भदौ २९, २०८०  १३:५८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro