site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
रोकिएको बीपी साहित्य महोत्सव अब कहिले ?
फाइल तस्बिर।

काठमाडौं । सत्तारूढ दल नेपाली कांग्रेसले स्थगन गरेको बीपी साहित्य महोत्सव असोज ३ गते गर्ने तयारी भएको छ ।

महोत्सव संयोजक तथा पार्टी सहमहामन्त्री बद्री पाण्डेले मिति टुंगो लागि नसकेको जानकारी दिए । तर, असोज ३ गते गर्ने कि भन्ने तयारीमा आफूहरू लागेको उनले बताए ।

“मिति टुंगिएको छैन । असोज ३ गते गर्ने कि भन्नेछ,” उनले भने ।

साउनमा बसेको केन्द्रीय समिति बैठकले ११०औँ बीपी जयन्तीको अवसरमा भदौ २४ देखि २६ गतेसम्म बीपी महोत्सव आयोजना गर्ने निर्णय गरेको थियो । २४ र २५ गते महोत्सव चले पनि २६ गतेको सबै कार्यक्रम स्थगन गरिएको थियो ।

संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङको निधनका कारण २६ गतेका लागि तय गरिएको सम्पूर्ण कार्यक्रम कांग्रेसले विज्ञप्ति जारी गरेर स्थगन गरेको हो ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, भदौ २८, २०८०  १२:३६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
प्रतिगमनको दिवास्वप्न नदेख !
प्रतिगमनको दिवास्वप्न नदेख !
Hamro patroHamro patro