site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
नसिम साह बाहिरिए, जमन खान पाकिस्तानी टिममा
Sarbottam CementSarbottam Cement

काठमाडौं । पाकिस्तानी बलर नसिम साह चोटका कारण एसिया कप–२०२३ बाट बाहिरिएका छन् । आईसीसीले बुधबार पाकिस्तानी क्रिकेट बोर्ड (पीसीबी)लाई उद्धृत गर्दै नसिमले चोटका कारण एसिया कपका बाँकी खेलहरु गुमाउने जनाएको हो ।

साहले एसिया कपको सुपर फोरको खेलमा सोमबार भारतविरुद्ध प्रतिस्पर्धामा उत्रिँदा दायाँ काँधमा चोट बोकेका थिए । नसिमले प्रतियोगितामा चार खेल खेल्दा सात विकेट लिएका थिए ।

Prabhu Bank
Agni Group
NIC Asia

नसिमले प्रतियोगिताको बाँकी खेलहरु गुमाउने भएपछि उनको स्थानमा पाकिस्तानले जमन खानलाई टिममा बोलाएको छ । ट्वान्टी–२० क्रिकेटमा पाकिस्तानी टिमबाट खेलिसकेका जमनले ६ खेलमा चार विकेट लिएका छन् ।

भारतविरुद्ध नसिमसँगै घाइते भएका अर्का पेसर ह्यारिस रौफको अवस्था भने सुधारोन्मुख रहेको पीसीबीले जनाएको छ ।

Global Ime bank

प्रतियोगितामा पाकिस्तानले बिहीबार श्रीलंकाविरुद्ध जित्नैपर्ने दबाबमा खेल्दै छ । प्रतियोगिताको फाइनल प्रवेश सम्भावनालाई कायम राख्न आज दुवै टिमलाई जित्नैपर्ने दबाब छ ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, भदौ २८, २०८०  १२:३०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement