site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
युभेन्ट्सको पुनरागमन बराबरी

काठमाडौं । खेलको ७५औँ मिनेटसम्म ३–० ले पछि परेको अवस्था उल्टाउदै युभेन्ट्सले इटालियन सिरी ‘ए’मा बोलोग्नासँग ३–३ को बराबरी गर्दै अंक बाँडेको छ । सोमबार राति घरेलु मैदानमा बोलोग्ना ३–० को सहज अग्रता जोगाउन नसक्दा अंक बाँड्न बाध्य बन्यो ।

घरेलु टिमका रिकार्डाे कालाफिओरीले दोस्रो मिनेटमा गोल गर्दै बोलोग्नालाई अग्रता दिलाएका थिए । सान्टियागो कास्ट्रोले ११औँ मिनेटमा गोल गरेपछि घरेलु टिमले अग्रता दोब्बर बनाएको थियो । ५३औँ मिनेटमा कालाफिओरीले दोस्रो गोल गर्दा बोलोग्नाले ३–० को अग्रता बनाएको थियो ।

Dabur Nepal
NIC Asia

तर, युभेन्ट्सका फेडेरिको चिसाका ७६औँ मिनेटमा गोल गरे । अर्काडिउस मिलिकले ८३औँ मिनेटमा गोल गर्दै पाहुना टिमलाई ३–२ को अवस्थामा ल्याएका थिए । केनान यिल्डिजले ८४औँ मिनेटमा गोल गर्दै युभेन्ट्सको सम्भावित हार टारेका थिए ।

बराबरीसँगै युभेन्ट्स तालिकाको चौथो स्थानमा झरेको छ । ३७ खेलपछि युभेन्ट्सलाई पछि पार्दै बोलोग्ना तेस्रो स्थानमा उक्लिएको हो । दुवै टिमको समान ६८ अंक रहे पनि गोल आधारमा बोलोग्ना युभेन्टसभन्दा अगाडि छ ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: मंगलबार, जेठ ८, २०८१  ०९:४६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro