राजनीति

काठमाडौं । संविधानसभा अध्यक्ष, नेकपा (एमाले)का दिवंगत उपाध्यक्ष एवं प्रतिनिधिसभा सदस्य सुवास नेम्वाङको पार्थिव शरीर अन्त्येष्टिका लागि पशुपति आर्यघाट पुर्याइएको छ । बिहीबार बिहान नेम्वाङनिवास बालुवाटारबाट शवयात्रासहित आर्यघाट पुर्याइएको हो ।
गएको मंगलबार बिहान हृदयाघातबाट नेम्वाङको निधन भएको थियो । राजकीय सम्मानका साथ उनको अन्त्येष्टि गरिँदै छ । उनको निधनको शोकमा सरकारले आज सार्वजनिक बिदा दिएको छ ।
प्रकाशित मिति: बिहीबार, भदौ २८, २०८० ११:५९
प्रतिक्रिया दिनुहोस्