site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
यूएन महासभामा गरिब राष्ट्रको तर्फबाट नयाँ भिजन दिनेछु : प्रधानमन्त्री प्रचण्ड
फाइल तस्बिर ।
Sarbottam CementSarbottam Cement

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले संयुक्त राष्ट्रसंघ (यूएन)को महासभामा आफूले गरिब राष्ट्रको तर्फबाट नयाँ भिजन दिने बताएका छन् । 

बुधबार काठमाडौंमा आयोजित ‘मुलुकको समृद्धिः सम्भावना र चुनौती’ विषयक कार्यक्रममा बोल्दै उनले नेपाल अति कम विकसित राष्ट्रको अध्यक्ष राष्ट्र भएको उल्लेख गर्दै त्यसको पक्षमा नयाँ भिजन दिनेगरी यूएन महासभामा प्रस्तुत हुने दाबी गरे ।

Prabhu Bank
Agni Group
NIC Asia

"सो महासभामा जलवायु परिवर्तनका कारण गरिब मुलुकहरूले भोग्नुपरेको समस्याबारे जोड दिनेछु् । चीन भ्रमणमा पनि कृषि, पूर्वाधार र विद्युतका लागि ट्रान्समिसन लाइन निर्माणमा बढी जोड दिएर छलफल गर्नेछु," उनले भने । 

उनले सरकारले उत्पादन वृद्धि र रोजगारीको अवसर सृजना गर्ने कार्यलाई उच्च प्राथमिकतामा राखेको उल्लेख गर्दै जनतामा निराशा बाँड्ने काम नगर्न पनि सम्बन्धित पक्षलाई आग्रह गरे । अँध्यारोमा हेर्ने र त्यतैतिर जाने काम गरे मुलुक अफ्ठ्यारोतिर नै जान सक्ने उनको भनाइ थियो ।

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: बुधबार, भदौ २७, २०८०  १९:४८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement