काठमाडौं । सिन्धुलीमा मंगलबार दिउँसो भारी वर्षा मापन गरिएको छ । पछिल्लो तीन घण्टामा सिन्धुलीमाढी, सिन्धुलीगढी वर्षा मापन केन्द्र र आसपासका क्षेत्रमा भारी वर्षा भएको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।
सो स्थान भई बहने साना खोलामा जलसतह बढ्ने सम्भावना छ । कमजोर र भिरालो जमिनमा पहिरोको जोखिम रहेको महाशाखाले जनाएको छ । सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।
“भदौ २६ साँझ ४ः१५ बजे । पछिल्लो एक–तीन घण्टामा सिन्धुली जिल्लाको सिन्धुलीमाढी, सिन्धुलीगढी वर्षा मापन केन्द्र र आसपासका क्षेत्रमा भारी वर्षा भएको हुँदा उक्त स्थान भई बहने स–साना खोलामा जलसतह केही बढ्न सक्ने र कमजोर तथा भिरालो जमिनमा पहिरोको जोखिम रहेको हुनाले सतर्कता अपनाऔँ,” महाशाखाको सूचनामा उल्लेख छ ।