site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
विमान बिग्रिएपछि भारतमै अड्किए क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडो

काठमाडौं । क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडो र उनको सम्पूर्ण प्रतिनिधिमण्डल विमान बिग्रिएपछि भारतमै अड्किएको बताइएको छ ।

सेप्टेम्बर ९ र १० मा भएको जी–२० शिखर सम्मेलनका लागि भारतमा रहेका ट्रुडो आइतबार फर्किने तयारी थियो ।

Dabur Nepal
NIC Asia

तर, विमानमा समस्या आएपछि उनको बसाइ एक दिन लम्बिएको बताइएको छ । यद्यपि, समस्या के थियो भन्ने विषय भने खुलाइएको छैन ।

छिटोमा ट्रुडो मंगलबार मात्रै भारतबाट फर्किने बताइएको छ । भारत र क्यानडाबीचको सम्बन्ध पछिल्लो समय तनावपूर्ण बनेको छ ।

भारतको पञ्जाबमा छुट्टै शिख राज्यको माग गर्ने खालिस्तानी मुभमेन्ट क्यानडामा चर्किदो छ । यसका साथै त्यहाँ हिन्दु र भारतसँग सम्बन्ध आक्रमणहरू भइरहेको भन्दै भारतको असन्तुष्टि छ ।

जी–२० सम्मेलनमा समेत भारतीय प्रधानमन्त्री मोदी र ट्रुडोबीच विशेष कुराकानी भएको छैन । मोदीले सामाजिक सञ्जालमा सेयर गरेको सबै फोटोमा उनले नेताहरुसँग हात मिलाएका छन् तर, ट्रुडोसँग भने अलग उभिएको फोटो राखेका छन् ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: सोमबार, भदौ २५, २०८०  २०:४९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro