site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
सुन तस्करी प्रकरण : भन्सार अधिकृत र दुई नासु समातिए

काठमाडौं । करिब ६१ किलो सुन तस्करी प्रकरणमा थप तीनजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा एक भन्सार अधिकृत र दुई नायब सुब्बा छन् ।

भन्सार अधिकृत पुष्पा जोशी र नासुद्वय वीरेन्द्र नेपाली र कमल परियारलाई शनिबार पक्राउ गरिएको नेपाल प्रहरीका प्रवक्ता एवं डीआईजी कुबेर कडायतले जानकारी दिए ।

योसँगै उक्त सुन तस्करीको आरोपमा पक्राउ पर्नेको संख्या ३० पुगेको छ ।

गएको साउन २ गते त्रिभुवन विमानस्थल भन्सार कार्यालयबाट जाँचपास भएर सुन बाहिरिएको थियो । मोटरसाइकलको ब्रेक सुमा लुकाएर तस्करी गरिएको सुन राजस्व अनुसन्धान विभागको टोलीले सिनामंगलबाट बरामद गरेको थियो । हाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले सो प्रकरणको अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति: शनिबार, भदौ २३, २०८०  १५:११
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro