site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
इन्स्पायर नोबल फाउन्डेसनबाट कुशल र सोमपालले पाए एक–एक लाख रुपैयाँ

काठमाडौं । इन्स्पायर नोबल फाउन्डेसनले भारतविरुद्ध छक्का प्रहार गरेका नेपाली क्रिकेटरलाई दुई लाख रुपैयाँ दिएको छ ।

एसिया कप–२०२३ अन्तर्गत भारतविरुद्धको खेलअघि फाउन्डेसनले छक्का प्रहार गर्नेलाई प्रति खेलाडी एक लाख रुपैयाँ दिने घोषणा गरेको थियो । बिहीबार नेपाल खेलकुद पत्रकार मञ्चको रोहबरमा फाउन्डेसनले भारतविरुद्ध छक्का प्रहार गरेका कुशल भुर्तेल र सोमपाल कामीलाई समान एक–एक लाख रुपैयाँ दिएको हो ।

भारतविरुद्ध कुशल र सोमपालले समान दुई छक्का प्रहार गरेका थिए ।

Kushal-1694082091.jpg

कुशल र सोमपाललाई फाउन्डेसनको तर्फबाट सुशील रेग्मीले चेक हस्तान्तरण गरे । कार्यक्रम नेपाल खेलकुद पत्रकार मञ्चका पूर्वअध्यक्ष अजय फुयालको उपस्थितिमा सम्पन्न भएको थियो ।

फाउन्डेसनले भारतविरुद्ध छक्का प्रहार गर्ने तथा विकेट लिने प्रत्येक खेलाडीलाई नगदबाट पुरस्कृत गर्ने घोषणा गरेको थियो । 

Puraskar-1694082029.jpg

इन्स्पायर नोबेल फाउन्डेसन अमेरिकामा रहेका गैरआवासीय नेपालीहरूले खोलेको संस्था हो । पुरस्कृत भएपछि दुवै खेलाडीले यसबाट आफूहरूलाई थप हौसला मिलेको बताउँदै फाउन्डेसनलाई धन्यवाद दिए ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, भदौ २१, २०८०  १६:१३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro