site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
नेपालमा पहिलोपल्ट पाठेघरको मुखको क्यान्सरविरुद्धको खोप दिइँदै

काठमाडौं । पाठेघरको मुखको क्यान्सर गराउने ह्युमन प्यापिलोमा भाइरस (एचपीभी)विरुद्धको खोप नेपालमा पहिलोपटक दिइने भएको छ । सरकारले पहिलो चरणमा नमुनाका रूपमा १४ वर्ष उमेर समूहका किशोरीलाई यो खोप दिन लागेको हो ।

खोप कार्यक्रम आउँदो असोज २७ गतेदेखि सुरु गरिनेछ । सातै प्रदेशका एक/एक सरकारी अस्पतालबाट खोप दिइनेछ । पहिलो चरणमा नौ हजार ५०० किशोरीलाई खोप दिइने परिवार कल्याण महाशाखाअन्तर्गतको खोप शाखाले जनाएको छ ।

यसअघि, ‘पाइलट प्रोजेक्ट’का लागि थोरै मात्रामा खोप ल्याइएको थियो ।

कहिले कति डोज लगाउने ?
एचपीभीविरुद्धको खोपले पाठेघरको क्यान्सरविरुद्ध काम गर्ने शाखाले जनाएको छ । प्रजनन् उमेरमा प्रवेश गर्दै गरेका किशोरीलाई लक्षित गरी खोप दिन लागिएको हो । यो खोप ६ महिनाको अन्तरालमा दुई डोज लगाउनुर्छ ।

खोप लगाउन जन्ममिति खुल्ने कागजात लिएर तोकिएका अस्पतालमा जानुपर्छ । खोपको डोज पूरा गरेकाहरूमा एचपीभीका कारण हुने संक्रमणबाट जोगिने सम्भावना ९५ प्रतिशतसम्म हुने खोप शाखा प्रमुख डा. अभियान गौतमले बताए ।

सबै प्रदेश र जिल्लाका किशोरीहरूमाझ पुर्‍याउन सन् २०२४ सम्म थप खोप ल्याइने गरी छलफल अघि बढाइएको स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. संगीता मिश्राले जानकारी दिइन् । देशभरका १४ वर्ष उमेरका किशोरीलाई मात्र दिन १३ लाख ५० हजार डोज खोप आवश्यक पर्ने उनले उल्लेख गरिन् ।

यो खोप दिइने अस्पतालको सूची हेर्नोस्–

wefg-1694079887.jpg

 

प्रकाशित मिति: बिहीबार, भदौ २१, २०८०  १५:३०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro