site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
लोमान्थाङमा गल्फ प्रतियोगिता हुँदै, विजेताले पाउनेछन् घोडा

पोखरा । मुस्ताङको उपल्लो क्षेत्रमा ‘गल्फ च्यालेन्ज’को दोस्रो संस्करण भदौ अन्तिम साता हुने भएको छ । समुद्री सतहभन्दा चारहजार ६४५ मिटरमा हुने प्रतियोगिता विश्वकै सबैभन्दा अग्लो स्थानमा खेलिने गल्फ हो ।

लोमान्थाङमा दोस्रोपटक गल्फ आयोजना गर्न लागिएको हो । प्रतियोगिता आउँदो भदौ ३० गते हुँदै छ ।

बुधबार पत्रकार सम्मेलनको आयोजना गर्दै कार्यक्रमका संयोजक तथा गल्फ संघ गण्डकी प्रदेशको तदर्थ समितिका अध्यक्ष इन्द्रधारा विष्टले अर्को प्रतियोगितादेखि विश्वका गल्फरहरूलाई पनि सहभागी गराउने योजना रहेको बताए ।

“गल्फ पर्यटनलाई विश्वसामु पुर्‍याउन विश्वकै उच्च स्थानमा गल्फ प्रतियोगिता राखिएको हो । गल्फका खेलाडीहरूले एकपटक लोमान्थाङमा खेल्नुपर्छ भन्ने मानसिकताको विकास गराउनु प्रतियोगिताको उद्देश्य हो,” विष्टले भने ।

लोमान्थाङ गाउँपालिका प्रतियोगिताको आयोजक रहेको छ । काठमाडौं, पोखरा, धरान, बुटवल लगायतका सहरका ४० गल्फर लोमान्थाङ आउने छन् । जसमा चार महिला गल्फर पनि प्रतियोगितामा भाग लिने छन् ।

इभेन्ट ९ होलमा ३–४ ह्यान्डिक्यापको साथ स्थिर फोर्ड ढाँचामा खेलाइने छ ।  होल इन वानको विजेताले घोडा पुरस्कार पाउने छ । तर, विजेता खेलाडीले घोडाको विकल्प खोजे एक लाख रुपैयाँ नगद प्रदान गरिने विष्टले बताए ।

“घोडाको अप्सनमा नगद एक लाख रुपैयाँ पनि लिन सक्नुहुनेछ,” उनले भने ।  उपविजेता, बेष्ट ग्रस, पिनको नजिक, सबैभन्दा लामो ड्राइभ, बर्डीजलाई पनि पुरस्कारको व्यवस्था रहेको छ ।

गत वर्ष पनि पनि लोमान्थाङको हाइ अल्टिच्युड मैदानमा गल्फ च्यालेन्ज भएको थियो । लोमान्थाङको गल्फ कोर्सलाई वर्ल्ड रेकर्ड कायम गराउन गल्फ च्यालेन्जको आयोजना गरेको उनको भनाइ छ । गत वर्षको गल्फ प्रतियोगितामा श्याम लामा विजयी बनेका थिए ।
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, भदौ २०, २०८०  १८:२४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro