site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
इन्जिनियरिङ स्नातकको शुल्क समायोजन गरी भर्ना प्रक्रिया अघि बढाउन प्राध्यापकहरूको सुझाव 

काठमाडौं । इन्जिनियरिङ शिक्षा स्नातक तहको शुल्क समायोजन गरी तत्काल भर्ना प्रक्रिया अघि बढाउन सम्बन्धित विभागीय प्रमुखहरूले सुझाव दिएका छन् । 

त्रिवि प्राध्यापक संघ पश्चिमाञ्चल इकाइ, पश्चिमाञ्चल क्याम्पस प्रमुख तथा इन्जिनियरिङका विभिन्न विभागीय प्रमुखहरूले संयुक्त विज्ञप्ति निकाल्दै यस्तो सुझाव दिएका हुन् । 

विज्ञप्तिमा लामो समयदेखि यथावत् रहेकाले उपयुक्त शुल्क निर्धारण गर्नुपर्ने उल्लेख छ । “यथासम्भव छिटो सरोकारवाला सबैलाई समेटेर उपयुक्त शुल्क निर्धारण गरी क्याम्पस सुचारु गर्नुपर्ने आवश्यकता रहेको छ” विज्ञप्तिमा भनिएको छ । 

त्रिवि इन्जिनियरिङ अध्ययन संस्थान (आईओई)ले चारवर्षे इन्जिनियरिङ स्नातकका लागि तीन लाख १८ हजारबाट बढाएर सात लाख ७७ हजार ४२० रुपैयाँ पुर्‍याउने निर्णय गरेको थियो । 

तर विभिन्न विद्यार्थी संगठनहरूले यसमा विरोध जनाएपछि यो वर्ष शुल्क नबाढउने सहमति भएको थियो । यही घटनालाई जोडेर आईओईले स्नातकको प्रवेश परीक्षा अर्को सूचना जारी नुहन्जेलसम्मका लागि स्थगित गरेको छ । 

big-1693988174.jpg

NIBLNIBL
प्रकाशित मिति: बुधबार, भदौ २०, २०८०  १४:०४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro