site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालमा अब अनलाइनबाटै टिकट

काठमाडौं । थापाथलीस्थित परोपकार प्रसूति तथा स्त्रीरोग अस्पातलले आजदेखि अनलाइन टिकेटिङ सेवा सुरु गरेको छ ।

बिरामीको चापलाई मध्यनजर गर्दै अस्पतालले बुधबारदेखि नै अस्पतालमा एक–एकवटा बिलिङ, टिकट काउन्टर र फार्मेसी काउन्टर समेत थप गरी सञ्चालनमा ल्याएको छ ।

अस्पतालमा अहिले जनरलतर्फ ४५० शैय्या निःशुल्क गरिएको अस्पताल निर्देशक श्रीप्रसाद अधिकारीले बताए । अस्पतालमा स्वीकृत शैय्या ४१४ भए पनि बिरामीको चापका कारण ४८९ शैय्या सञ्चालन गरिएको उनले बताए ।

गत आर्थिक वर्षमा अस्पतालबाट एक लाख ८० हजार ८९० जनाले ओपीडी र २४ हजार ६७२ ले प्रसूति सेवा लिएका थिए । त्यस्तै, गत आर्थिक वर्षमा एक हजार ७७९ जना महिलाले निःशुल्क सुरक्षित गर्भपतन सेवा लिएको अस्पतालको तथ्यांक छ ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: बुधबार, भदौ २०, २०८०  १३:०५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro