site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
जी–७ देशहरूले भारत र पाकिस्तानलाई के भने ? 
Tiktok banner adTiktok banner ad

काठमाडौं । विश्वका सात देशहरूको समूह जी–७ ले भारत र पाकिस्तानलाई शान्ति कायम राख्न र एकअर्कासँग प्रत्यक्ष वार्ता गर्न आग्रह गरेका छन् ।

जी–७ मा रहेका क्यानडा, फ्रान्स, जर्मनी, इटाली, जापान, बेलायत र अमेरिका छन् । दुई देशबीच तनाव बढिरहेका बेला जी–७ देशहरूले भारत र पाकिस्तानलाई शान्ति कायम अपिल गरेका हुन् । 

क्यानडाले जारी गरेको विज्ञप्तिमा क्यानडा, फ्रान्स, जर्मनी, इटाली, जापान, अमेरिका, बेलायत र युरोपेली संघका विदेश मन्त्रीहरूले २२ अप्रिलमा जम्मू कश्मीरको पहलगाममा पर्यटकहरूमाथि भएको आक्रमणको कडा शब्दमा निन्दा गरेका छन् ।

जी–७ देशहरूले भारत र पाकिस्तान दुवैलाई संयम अपनाउन पनि आग्रह गरेका छन् ।

विज्ञप्तिमा भनिएको छ, “दुवै देशले एकअर्कासँग कुरा गरून् र तनाव बढाउनुको सट्टा शान्तिपूर्ण समाधानतर्फ अघि बढुन् ।” बीबीसी

NIBLNIBL
प्रकाशित मिति: शनिबार, वैशाख २७, २०८२  १०:०६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro