site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
बालेनले सरकारलाई ‘चोर’ भनेको शतप्रतिशत सही छ : सांसद अग्रहरी

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)की सांसद अमृतादेवी अग्रहरीले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)ले संघ सरकारलाई लगाएको आरोप सही भएको बताएकी छन् ।

गएको शनिबार राति मेयर बालेनले सामाजिक सञ्जालमा केन्द्र सरकारलाई ‘चोर’को संज्ञा दिएका थिए । सोमबार बिहान उनले फेसबुकबाट सो स्ट्याटस हटाइसकेका छन् । सांसद अग्रहरीले बालेनको सोही भनाइको समर्थन गरेकी हुन् ।

प्रतिनिधिसभाअन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको मंगलबार सिंहदरबारमा बसेको बैठकमा उनले ‘बालेनले चोर भनेको शतप्रतिशत सही’ रहेको बताइन् । विमानस्थलबाट ठूलो परिमाणमा अवैध सुन भित्र्याइएको विषयलाई उनले त्यसको उदाहरणका रूपमा प्रस्तुत गरिन् ।

“बालेनले चोर भनेको कुरा शतप्रतिशत सही छ, किनभने विमानस्थलबाट १०० किलो सुन छिर्छ,” सांसद अग्रहरीले समिति बैठकमा भनिन्, “जनता मारमा परेका छन्, तर सरकारलाई चासो छैन ।”

मेयर बालेनले सोही स्ट्याटसमार्फत ‘सिंहदरबारमा आगो लगाइदिने’ धम्की समेत दिएका थिए । सांसद अग्रहरीले उक्त चेतावनी भने गलत रहेको स्पष्ट पारिन् । “सिंहदरबारमा आगो लगाउँछु भन्ने कुरा गलत हो,” उनले भनिन् ।

प्रकाशित मिति: मंगलबार, भदौ १९, २०८०  १२:११
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro