site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
कोसी उद्योग वाणिज्य महासंघमा श्रेष्ठको नेतृत्वमा पर्यटन समिति विस्तार

विराटनगर । नेपाल उद्योग वाणिज्य महासंघ कोसी प्रदेशले भविषकुमार श्रेष्ठको नेतृत्वको पर्यटन तथा हवाई यातायायत समिति विस्तार गरेको छ । महासंघका अध्यक्ष राजेन्द्र राउत र सभापति श्रेष्ठको उपस्थितिमा महासंघमा एक कार्यक्रमबीच समिति विस्तार गरिएको हो ।

प्रदेशको पर्यटन क्षेत्रलाई उजागर गरी प्रदेशमा ठूलो संख्यामा स्वदेशी तथा विदेशी पर्यटक भित्र्याउने उद्देश्यसहित समिति विस्तार गरिएको महासंघले जनाएको छ । समितिको उपसभापतिमा नाटा कोसीका अध्यक्ष पुण्य भट्टराई रहेका छन् ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

यसैगरी सदस्यहरूमा नाटा कोसीका पूर्वअध्यक्ष उदय श्रेष्ठ, होटल व्यवसायी महासंघका सचिव बासु बराल, निर्माण कृषि फार्मका संचालक सुरज श्रेष्ठ, इटहरी उद्योग वाणिज्य संघका सचिव विनोद पौडेल, इलाम पर्यटन समितिका कमला बास्कोटा रिजाल, होटल डोम्लो प्रालिका संचालक खेमराज बन र होटल फुलबारी इनरुवाका सञ्चालक रामसुन्दर श्रेष्ठ रहेका छन् ।

यसैगरी आमन्त्रित सदस्यहरूमा होटल संघ झापाकी अध्यक्ष इन्दिरा श्रेष्ठ, भेडेटार होटल संघका सचिव रमेश श्रेष्ठ, कोसी ग्लोबल नेप्लिस्ट सैफ फेडेरेसनका अध्यक्ष प्रेमकुमार सुब्बा, अन्तु पर्यटन व्यवसायी संघका अध्यक्ष रुद्र घिमिरे, तेह्रथुमकी होटल सञ्चालक सिर्जना लामा फोम्बो, होटल संघ नेपालका सदस्य मोक्ष पोखरेल, सरोज पौडेल, होटल संघ नेपाल उदयपुरका पदमलाल लम्साल रहेका छन् ।

समितिको सल्लाहकारहरूमा होटल संघ नेपाल कोसीका अध्यक्ष राजन श्रेष्ठ, होटल व्यवसायी महासंघ कोसीका अध्यक्ष राजन दंगाल र इलाम उद्योग वाणिज्य संघकी पूर्वअध्यक्ष सुशील सापकोटा रहेकी छन् ।

समितिका सदस्यहरूलाई प्रमाणपत्र हस्तान्तरण गर्दै महासंघका अध्यक्ष राउतले अहिलेको अवस्थामा समितिले पर्यटन क्षेत्रको विकासमा सघाउ पुर्‍याउने बताए ।

प्रकाशित मिति: आइतबार, भदौ १७, २०८०  १८:०४
प्रतिक्रिया दिनुहोस्