site stats
बाह्रखरी :: Baahrakhari
देश
पेप्सीकोला दुर्घटना अपडेट : दुईजनाको मृत्यु
प्रतीकात्मक तस्बिर ।

काठमाडौं । काठमाडौंको पेप्सीकोलामा सवारी दुर्घटनामा परी घाइते भएका १४ मध्ये दुईजनाको मृत्यु भएको छ ।

जडीबुटीदेखि पेप्सीकोलातर्फ जाँदै गरेको क्षेत्रीय उपत्यका बस व्यवसायी संघको बा३ख ४८४८ नम्बरको बस र विपरीत दिशाबाट आएको बा६च ५३४२ नम्बरको बलेरो गाडी आज बिहान ७ः३० बजे ठोक्किँदा दुर्घटना भएको थियो ।

Argakhachi Cement Island Ad

दुई गाडी ठोक्किँदा वाग्मती प्रदेश ०२–०३७ प ५३११ नम्बरको डिओ स्कुटर र वाग्मती प्रदेश ०२–०४१ प ४८३८ नम्बरको एफजेड मोटरसाइकल समेत दुर्घटनामा परेका थिए ।

दुर्घटनामा घाइते भएका मध्ये अस्पतालमा उपचारका क्रममा दुईजनाको मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एवं प्रहरी उपरीक्षक कुमोद ढुंगलले जानकारी दिए ।

मृत्यु हुनेमा मोटरसाइकल चालक सर्लाहीका २१ वर्षीय राज भट्टराई र सशस्त्र प्रहरी बल सिनामंगलमा कार्यरत २५ वर्षीय उषा थापा रहेका छन् ।

सो बसका चालक रामेछापका २४ वर्षीय जनक राउतलाई प्रहरीले नियन्त्रणमा लिएको छ । रासस

प्रकाशित मिति: आइतबार, भदौ १७, २०८०  ११:४४
प्रतिक्रिया दिनुहोस्