site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
अमेरिकामा अगस्टमा थपियो करिब दुई लाख रोजगारी

वासिङ्टन । संयुक्त राज्य अमेरिकामा गत महिना रोजगारी दरमा आश्चर्यजनक वृद्धि भएको शुक्रबार सार्वजनिक सरकारी तथ्याङ्कले देखाएको छ । बेरोजगारी सन् २०२२ को सुरुदेखि नै उच्च स्तरमा पुगेको छ ।

श्रम विभागका अनुसार विश्वको सबैभन्दा ठूलो अर्थतन्त्र भएको अमेरिकाले अगस्टमा एक लाख ८७ हजार रोजगारी थपेको छ । तर, ज्याला वृद्धिमा सुस्तता देखिएको र बेरोजगार दर ३.८ प्रतिशत पुगेको छ ।

जुन र जुलाईका लागि रोजगारीको आँकडामा गिरावट आएको छ । नयाँ नियुक्ति लिनेहरूको समग्र सङ्ख्याले भर्तीको स्थिर गतिलाई सङ्केत गर्दछ भने श्रम बजारले सहजताको सङ्केत देखाउँछ ।

नीति निर्माताहरूले माग कम गर्न र उच्च मुद्रास्फीतिमा लगाम लगाउन सङ्घर्ष गरिरहेका छन् । फेडरल रिजर्भले ब्याज दरहरूलाई द्रूत गतिमा वृद्धि गरेको छ । हालै, फेडले ब्याज दरहरूलाई दुई दशकभन्दा बढीको उच्चतम स्तरमा ल्याएको छ । तर केन्द्रीय बैंकले आगामी निर्णयहरूमा डाटामा निर्भर रहने प्रतिबद्धता पनि जनाएको छ ।

तुलनात्मक रूपमा बलियो श्रम बजारले संयुक्त राज्य अमेरिकाले अर्थव्यवस्थालाई मन्दीमा नपारी मुद्रास्फीतिलाई कम गर्न सक्छ भन्ने आशाहरू थपेको छ ।

शुक्रबार श्रम विभागको तथ्याङ्कअनुसार अगष्टमा औसत प्रतिघण्टा आम्दानी ०.२ प्रतिशतले बढेको छ । तर, अघिल्लो महिना (अगस्ट)को पहिलो पाक्षिकको तुलनामा महिनाको अन्त्यमा समग्र वृद्धिमा कमी आएको छ ।

कुनै पूर्वकार्य अनुभव नभएका व्यक्तिहरूको उल्लेख गर्दै सार्वजनिक शुक्रबारको रिपोर्टअनुसार बेरोजगारहरूमध्ये ‘नयाँ प्रवेशकर्ताहरू’को सङ्ख्या पनि बढेको छ ।

मोर्टगेज बैंकर्स एसोसिएसनका प्रमुख अर्थशास्त्री माइक फ्राटान्टोनीले भने, “ जुन र जुलाईको लागि रोजगार वृद्धिको दरमा श्रम मूल्यमा आएको गिरावटका साथ अगस्टमा पेरोल रोजगारी बढेको छ ।”

उनले थपे, “पछिल्लो तीन महिनामा औसतमा एक लाख ५० हजार मात्रै रोजगारी सिर्जना भएको छ ।

श्रम विभागले स्वास्थ्य सेवा, अवकाश र आतिथ्य, सामाजिक सहायता र निर्माण क्षेत्रमा रोजगारीको क्रम जारी रहेको उल्लेख गरेको छ । यसबीचमा यातायात र गोदाममा रोजगारी घटेको छ ।

तर, ईवाई–पार्थेननन्का प्रमुख अर्थशास्त्री ग्रेगरी डाकाका अनुसार गत महिना स्क्रिन एक्टर्स गिल्ड (एसएजी–एएफटीआरए)का करिब १६ हजार कामदारहरू सर्वेक्षण अवधिमा हडतालमा उत्रेका र यसकारण सूचना क्षेत्रका करिब १५ हजार रोजगारीका अवसर गुमेका थिए । राससरएएफपी

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: शुक्रबार, भदौ १५, २०८०  २३:१६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro