site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
महासचिव पोखरेलको नेतृत्वमा एमाले नेताहरू चीन जाँदै
फाइल तस्बिर।

काठमाडौं । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलको नेतृत्वको टोली चीन भ्रमण जाने भएको छ ।

आगामी आइतबार नेताहरु चीन भ्रमणमा जाने तय भएको छ । भ्रमणमा पोखरेलको नेतृत्वको  टोलीमा विदेश विभाग प्रमुख राजन भट्टराई, प्रचार विभाग प्रमुख राजेन्द्र गौतमलगायतका नेताहरु रहनेछन् ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

भ्रमण टोलीको टुंगो लाग्न बाँकी रहेको गौतमले बताए । “चिनियाँ कम्युनिस्ट पार्टीको निमन्त्रणमा जान लागेका हौँ,” उनले भने ।

उनका अनुसार भदौ २९ गते फर्कने प्रारम्भिक कार्यकतालिका बनेको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आगामी असोजको पहिलो साता चीन भ्रमण जाँदै छन् । त्यसअघि, एमाले नेताहरु जान लागेका हुन् ।

प्रकाशित मिति: बिहीबार, भदौ १४, २०८०  १४:११
प्रतिक्रिया दिनुहोस्