site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
जसपामा एक व्यक्ति, एक पद र एक समितिको व्यवस्था लागु हुने
Sarbottam CementSarbottam Cement

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालमा एक व्यक्ति, एक पद र एक समितिको व्यवस्था कडाइका साथ लागु गरिने भएको छ ।

हाल पार्टीले सञ्चालन गरेको तीनमहिने सङ्गठन विस्तार तथा सुदृढीकरण अभियानको मुख्य कार्य पार्टीलाई वैचारिक र राजनीतिकरूपले सक्षम बनाउनु र पार्टीगत समितिलाई विधानले व्यवस्था गरेबमोजिमको पदाधिकारी र सदस्य सङ्ख्यामा सीमित गरी गठन, पुनर्गठन र रूपान्तरण गर्नु रहेको पार्टीका केन्द्रीय प्रचारप्रसार तथा प्रकाशन विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए ।

Prabhu Bank
Agni Group
NIC Asia

उनका अनुसार जसपाले पार्टीको अधिकार पार्टी सदस्यमा निहीत रहने व्यवस्था गरेको छ ।

सोअनुसार पार्टीका प्रादेशिक संरचनले पनि आफ्नो क्षेत्राधिकारभित्रका काम आफै गर्न सक्ने भएकाले एक व्यक्ति, एक पद र एक समितिमा रहेरै काम गर्नुपर्ने व्यवस्था गरिएको हो ।

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, भदौ १४, २०८०  १३:२५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement