site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
नेपाल पाकिस्तानसँग २३८ रनले पराजित

काठमाडौं । बलिङ, ब्याटिङ र फिल्डिङ तीनै पक्षमा चुकेको नेपालले एसिया कप–२०२३ को उद्घाटन खेलमा पाकिस्तानसँग २३८ रनको फराकिलो हार बेहोरेको छ ।

मुल्तानस्थित मुल्तान क्रिकेट रंगशालमा पाकिस्तानले प्रस्तुत गरेको ३४३ रनको लक्ष्य पछ्याएको नेपाल २३.४ ओभरमा १०४ रनमै समेटियो ।

पाकिस्तानविरुद्ध नेपालले ब्याटिङ, बलिङ र फिल्डिङमा निराशजनक प्रदर्शन गर्‍यो । पाकिस्तानको घातक बलिङसामु नेपालका कुनै पनि ब्याटर खुलेर खेल्न सकेनन् । नेपालका सोमपाल कामीले २८ रन बनाए । ३–१४ को नाजुक अवस्थामा रहँदा सोमपालले आरिफ सेखसँग ५९ रनको साझेदारी गर्दै नेपालको इनिङ सम्हाल्ने प्रयास गरेका थिए । तर, टिमले ७३ रन जोड्दा आरिफलाई चौथो विकेटको रूपमा गुमाएपछि नेपालको इनिङ धरासायी बन्यो । 

Dabur Nepal
NIC Asia

आरिफले टिमको खातामा २६ रन थपे । गुल्सन झाले १३ रन जोडे । यसबाहेक, नेपालका कुनै पनि ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् । ओपनर कुशल भुर्तेल र आसिफ सेख क्रमशः आठ र पाँच रन बनाए । करण केसी सात रनमा अविजित रहँदा कुशल मल्लले ६ र दीपेन्द्रसिंह ऐरीले तीन रन थपे  । नेपालका कप्तान रोहितकुमार पौडेल ‘गोल्डेन डक’ हुँदा सन्दीप लामिछाने र ललितनारायण राजवंशी डक भए ।

नेपाललाई सस्तैमा समेट्न पाकिस्तानका सदाब खानले चार विकेट लिए । ६.४ ओभरमा २७ रन खर्चिए । साहिनसाह अफ्रिदी र ह्यारिस रौफले समान दुई विकेट लिए । नसिम साह र मोहम्मद नवाजले एक–एक विकेट हात पारे ।

त्यसअघि कप्तान बाबर आजम र इफ्तिखर अहमेदको शतकमा टस जितेर ब्याटिङमा आएको पाकिस्तानले निर्धारित ५० ओभरमा ६ विकेट गुमाएर ३४२ रनको योगफल खडा गरेको थियो ।

नेपालविरुद्ध उत्कृष्ट लयमा देखिएका बाबरले १५१ रन बनाए । बाबरले १३१ बलमा १४ चौका र चार छक्का प्रहार गरे । बाबर व्यक्तिगत ५३ रनमा रहँदा करण केसीले क्याच छुटाएका थिए ।

बाबर र इफ्तिखरले पाँचौँ विकेटका लागि २१४ रनको ठूलो साझेदारी गरेपछि पाकिस्तान विशाल योगफलतर्फ अघि बढेको थियो । छैटौँ नम्बरमा ब्याटिङका लागि आएका इफ्तिखरले ७१ बलमा ११ चौका र चार छक्कासहित १०९ रन बनाए ।

त्यसअघि २५–२ को कठिन अवस्थामा रहँदा पाकिस्तानबाट ब्याटिङका लागि आएका बाबरले मोहम्मद रिजवानसँग तेस्रो विकेटका लागि ८६ रनको साझेदारी गर्दै टिमको इनिङ सम्हालेका थिए । तेस्रो विकेटका लागि बाबरलाई साथ दिएका रिजवान ५० बलमा ६ चौकासहित ४४ रन बनाएर आउट भए । 

यसबाहेक, पाकिस्तानका ओपनर फखर जमानले १४ रन जोड्दा इमाम उल–हक र आघा सल्मानले समान पाँच रन थपे । सदाब खानले चार रन जोडे ।

बलिङमा नेपालले इनिङको सुरुआतमा बलियो पकड जमाए पनि पहिलो पावर प्लेपछि सोही लय निरन्तरता दिन सकेन । नेपालका फिल्डरहरूको खराब फिल्डिङका कारण पाकिस्तानले शृंखलाबद्ध रूपमा चार रन उपहार पाइरहेको थियो ।

नेपालका सोमपाल कामीले दुई विकेट लिए । करण केसी र सन्दीप लामिछानेले समान एक विकेट लिए । यसबाहेक नेपालले अन्य दुई विकेट रन आउटबाट लिएको थियो । नेपालका कप्तान रोहित पौडेल र दीपेन्द्रसिंह ऐरीले ‘डाइरेक्ट थ्रो’ मार्फत नेपाललाई सफलता दिलाएका थिए ।

पहिलो पटक एसिया कप खेलिरहेको नेपाल भारत र पाकिस्तानसँगै समूह ‘ए’ मा छ । नेपालले अब भदौ १८ गते हुने भारतविरुद्धको खेलका लागि श्रीलंकाको यात्रा गर्ने छ ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: बुधबार, भदौ १३, २०८०  २१:४०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro